प्रहरीले छाडेपछि फेरि अनसन बसे कोसीका पूर्वमुख्यमन्त्री कार्की

काठमाण्डु टुडे २०८१ भदौ २६ गते ९:०० मा प्रकाशित

विराटनगर, २६ भदौ– कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन बसेका छन् ।

मंगलबार राति निषेधित क्षेत्रमा अनसन बसेको भन्दै प्रहरीेले हस्तक्षेप गर्दै उनलाई बुढीगंगा गाउँपालिका–२ स्थित घर लगेर छाडिदिएको थियो । कार्की राति नै घरबाट निस्किएर समर्थकसहित अनसनमा बसेका हुन् ।

कार्कीलाई अनसन स्थलबाट लैजाने क्रममा प्रहरी र उनका समर्थकबीच झडपसमेत भएको थियो । झडपमा दुर्वतर्फका केही घाइते भएका छन् ।

आफू मुख्यमन्त्री छँदा ल्याएको १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार योजना वर्तमान मुख्यमन्त्री एमाले नेता हिक्मत कार्कीले हटाएको विरोधमा पूर्वमुख्यमन्त्री कार्की अनसन बसेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us