काठमाण्डु, २५ भदौ– प्रतिपक्षी नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन खोजिएको विषयमा जवाफ माग गरेको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा शून्य समयमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुखलाई नहटाउन माग गरे ।
‘उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कुरा मिडियामा हेरियो । यदि यो सत्य हो भने हाम्रो दल त्यसरी हटाउने कुराको तीव्र प्रतिवाद गर्छ,’ पाण्डेले भने, ‘यस विषयमा स्पष्ट पार्न सभामुखमार्फत अनुरोध गर्दछु ।’
सत्तारुढ गठबन्धनको सोमबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले आचरणको विषयमा उपसभामुख रानालाई पदमुक्त गर्ने प्रस्ताव राखेका थिए ।