एमालेले आफ्ना सांसदलाई भन्योः राजनीति फरक ढंगले अघि बढ्न सक्छ, काठमाण्डु नछाड्नु

काठमाण्डु टुडे २०८१ भदौ २५ गते १२:५० मा प्रकाशित

काठमाण्डु, २५ भदौ– एमालेले आफ्ना सांसदलाई आगामी ३ असोजसम्म राजधानी नछाड्न निर्देशन दिएको छ ।

राजनीतिक परिस्थिति फरक ढंगले अघि बढ्न खोजेको भन्दै एमालेले सांसदहरुलाई काठमाण्डु नछाड्न भनेको हो ।

सांसदहरुलाई पठाइएको सन्देशमा राजनीतिमा जस्तोसुकै परिस्थिति आउन सक्ने उल्लेख छ ।

‘जस्तोसुकै परिस्थिति आउन सक्ने भएकाले काठमाण्डु नछोड्नु भन्ने निर्देशन आएको छ’, एक सांसदले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us