समाचार

छेडखानी तरिकाले संविधान संशोधन भए देश सम्हाल्न सकिँदैन: प्रचण्ड

२०८१ असोज ७ गते १७:३३

काठमाण्डु, ७ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छेडखानी तरिकाले संविधान संशोधन गर्न खोजिए देश सम्हाल्नै नसक्ने स्थितिमा पुग्ने दाबी गरेका छन । आज (सोमबार) राजधानीमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले विचार नपुर्याई...

रौतहटमा पोखरीमा डुबेर महिलाको मृत्यु

२०८१ असोज ७ गते १६:३६

काठमाण्डु, ७ असोज– रौतहटको राजदेवी नगरपालिकामा पोखरीमा डुब्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीया गिरीजा देवी रहेको प्रहरीले जानकारी दिएको छ । रौतहटको राजदेवी नगरपालिका– ८ लक्ष्मीपुरमा रहेको पोखरीमा सोमबार नुहाउने क्रममा डुबेर देवीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ...

आईजीपी कुँवर ग्रीस भ्रमणमा

२०८१ असोज ७ गते १६:२६

काठमाण्डु, ७ असोज– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्त कुँवर ग्रीस भ्रमणमा गएका छन् । सोमबार कुँवर ग्रिस प्रस्थान गरेका हुन् । ग्रिसको एथेन्समा युएस ड्रग इन्फोर्समेन्ट एड्मिन्स्ट्रेशनले आयोजना गरेको सम्मेलनमा सहभागी हुन उनी ग्रिस गएका हुन । असोज ८ देखी १० सम्म एथेन्समा ‘इन्टरनेशनल...

छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

२०८१ असोज ७ गते १६:१३

काठमाण्डु, ७ असोज– सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न म्याद दिएको छ । जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको...

प्रदेशमा मन्त्रीको संख्या १० प्रतिशत भए हुनेरहेछः उपाध्यक्ष पाण्डे

२०८१ असोज ७ गते १६:०५

काठमाण्डु, ७ असोज– पूर्व मन्त्री एवं एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले संविधान अपरिवर्तनीय नहुने भन्दै संशोधन गर्ने विषयहरू धेरै भएको बताएका छन । आज (सोमबार) काठमाण्डुमा भएको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन । उनले यसअघि दुई पटक संविधान संशोधन भैसकेको बताएका छन...

पक्राउ परेका पूर्वडीआईजी जोशीमाथि तीन अभियोगमा अनुसन्धान हुने

२०८१ असोज ७ गते १५:२२

काठमाण्डु, ७ असोज– सहकारीको रकम अपचलनमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीमाथि तीन अभियोगमा अनुसन्धान हुने पक्का भएको छ । जोशीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान हुने जिल्ला सरकारी वकिल कार्यालय कास्कीका एक अधिकृतले जानकारी दिएका छन । उनले...

प्रस्तावित राजदूत भट्टराईका बारेमा निर्णय गर्न बसेको बैठक फेरि स्थगित

२०८१ असोज ७ गते १५:१७

काठमाण्डु, ७ असोज– श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईका बारेमा निर्णय गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक मङ्गलवारसम्मका लागि स्थगित गरिएको छ । आज सोमबार सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकमा प्रस्तावित राजदूत भट्टराईका थप कागजपत्रहरू उपलब्ध हुन नसकेको र सांसदहरूको सङ्ख्या अपुग भएपछि मङ्गलवारसम्मका...

कांग्रेस सांसद शर्माद्वारा दुर्गा प्रसाईँ पक्राउको विरोध, रिहाइको माग

२०८१ असोज ७ गते १४:४८

काठमाण्डु, ७ असोज– कांग्रेसका सांसद डा. सुनिल शर्माले मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउको विरोध जनाएका छन । उनले प्रसाईंको गिरफ्तारीको भर्त्सना गर्दै तत्काल निःशर्त रिहाईगर्न समेत सरकारसँग माग गरेका छन । उनले भने, ‘सरकारले जनतालाई डेलिभरी दिने, समयसापेक्ष जनताका पक्षमा काम गर्ने जिम्मेवारी बिर्सेर...

दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना

२०८१ असोज ७ गते १४:३५

काठमाण्डु, ७ असोज– मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना भएका छन । हिजो आइतबार पक्राउ परेका प्रसाईंलाई उच्च रक्तचापको समस्याका कारण अस्पताल भर्ना गरिएको साइबर ब्युरोका एक जना अधिकृतले जानकारी दिएका छन । विद्युतीय अपराध सम्बन्धी कसुरमा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान...

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै प्रदर्शन

२०८१ असोज ७ गते १४:२९

काठमाण्डु, ७ असोज– आज सोमबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालका सदस्यहरूले काठमाण्डुको माइतीघरमा विरोध गरेका हुन । प्रसाईंलाई आइतबार भक्तपुरबाट पक्राउ गरीएको थिए । उनलाई तीन दिन म्याद...

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन

२०८१ असोज ७ गते १४:१२

काठमाण्डु, ७ असोज– हिजो मात्रै पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । प्रसाईंका कानुन व्यवसायी बन्दिप्रत्यक्षीकरणको निवेदन बोकेर सर्वोच्चमा मुद्दा दर्ता गराएका हुन । निवेदन सर्वोच्चमा पेस भएको र अध्ययनको क्रममा रहेको प्रवक्ता अच्युत कुईकेलले जानकारी...

गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु

२०८१ असोज ७ गते १४:०७

काठमाण्डु, ७ असोज– काठमाण्डुको टोखामा रहेको गहना पोखरीमा डुबेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । काठमाण्डुको टोखा नगरपालिका–६ टोखा बजार नजिकै रहेको गहना पोखरीमा डुबेर चार वर्षीया बालिका गुराँस सहनीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ घर भई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us