आईजीपी कुँवर ग्रीस भ्रमणमा

काठमाण्डु टुडे २०८१ असोज ७ गते १६:२६ मा प्रकाशित

काठमाण्डु, ७ असोज– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्त कुँवर ग्रीस भ्रमणमा गएका छन् । सोमबार कुँवर ग्रिस प्रस्थान गरेका हुन् ।

ग्रिसको एथेन्समा युएस ड्रग इन्फोर्समेन्ट एड्मिन्स्ट्रेशनले आयोजना गरेको सम्मेलनमा सहभागी हुन उनी ग्रिस गएका हुन ।

असोज ८ देखी १० सम्म एथेन्समा ‘इन्टरनेशनल ड्रग इन्फोर्समेन्ट कन्फेरेन्स’ हुँदै छ । सम्मेलनमा सहभागी हुन प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य पनि कुँवरसँगै भ्रमणमा गएका छन ।

कुँवरको अनुपस्थितिमा एआईजी टेक प्रसाद राईले निमित्त आईजीपीको जिम्मेवारी समाल्ने भएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us