काठमाण्डु, ७ असोज– मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना भएका छन । हिजो आइतबार पक्राउ परेका प्रसाईंलाई उच्च रक्तचापको समस्याका कारण अस्पताल भर्ना गरिएको साइबर ब्युरोका एक जना अधिकृतले जानकारी दिएका छन ।
विद्युतीय अपराध सम्बन्धी कसुरमा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले काठमाण्डुले प्रहरीलाई अनुमति दिएको छ । उनको कार्डियोसम्बन्धी समस्या पनि देखिएको ति अधिकृतले जानकारी दिएका छन ।