समाचार

सुरु भयो नवनियुक्त प्रधानमन्त्री बालेनको शपथ

२०८२ चैत १३ गते १२:१९

 काठमाण्डू, १३ चैत– शपथ ग्रहणका लागि नवनियुक्त प्रधानमन्त्री बालेन शाह (बालेन्द्र) शीतल निवास पुगेका छन् । अहिले शपथग्रहण कार्यक्रम सुरु भएको छ । नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमतप्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् ।...

शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

२०८२ चैत १३ गते १२:१२

 काठमाण्डू, १३ चैत– राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथका लागि तयारी भइसकेको छ । नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमतप्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले आज पद...

अर्थमन्त्रीमा स्वर्णिम वाग्ले

२०८२ चैत १३ गते १२:००

 काठमाण्डू, १३ चैत– बालेन शाह नेतृत्वको सरकारमा स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन । रास्वपाले शुक्रबार उनको नाम अर्थमन्त्रीको रुपमा टुंगो लगाएको हो । रास्वपाका उपसभापति समेत रहेका उनी तनहुँ–१ बाट निर्वाचित भएका हुन् । उनी पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।...

भौतिकमन्त्री बन्दै सुनिल लम्साल

२०८२ चैत १३ गते ११:४६

 काठमाण्डू, १३ चैत– रास्वपाले सुनिल लम्साललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउने भएको छ । उनलाई बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिन लागेको हो । उनको आजै शपथ हुनेछ । उनी रुपन्देही १ बाट निर्वाचित सांसद हुन् ।...

शिशिर खनाल परराष्ट्र मन्त्री बन्ने

२०८२ चैत १३ गते ११:३९

काठमाण्डू, १३ चैत– काठमाण्डू–६ बाट निर्वाचित सांसद शिशिर खनाल परराष्ट्र मन्त्री बन्ने भएका छन् । रास्वपा अन्तर्राष्ट्रिय विभागका प्रमुख उनलाई पार्टीले मन्त्री बनाउने टुंगो लगाएको हो । उनी यसअघि शिक्षामन्त्री बनिसकेका छन् । उनको आजै शपथ हुने बताइएको छ ।...

सम्पत्ति विवरण सार्वजनिक नगरी बिदा भयो कार्की सरकार

२०८२ चैत १३ गते ११:२८

 काठमाण्डू, १३ चैत– जेनजी आन्दोलनपछि बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र उनी नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरु सम्पत्ति विवरण सार्वजनिक नगरी बिदा भएका छन । कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी छन । प्रधानमन्त्री कार्कीले रक्षा, सञ्चार तथा सूचना प्रविधि, शिक्षा, विज्ञान तथा प्रविधि,...

बालेनको पीएसओको जिम्मेवारी डिएसपी बस्याललाई

२०८२ चैत १३ गते ११:२०

 काठमाण्डू, १३ चैत– प्रधानमन्त्री बालेन शाहको निजी सुरक्षा गार्ड (पीएसओ) निश्चित भएको छ । उनको पीएसओमा नेपाल प्रहरीका डिएसपी दिपेश बस्यालले जिम्मेवारी पाएको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिने गर्दछ ।...

ऊर्जामन्त्रीमा विराजभक्त श्रेष्ठ पक्का

२०८२ चैत १३ गते ११:१६

 काठमाण्डू, १३ चैत– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा विराजभक्त श्रेष्ठको नाम टुंगो लागेको छ । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा उनी केही समय युवा तथा खेलकुदमन्त्री समेत भएका थिए । मन्त्री हुँदा खेलकुद क्षेत्रको बेथिति हटाउन र खेलाडीहरूको मनोबल बढाउन चालेका कदमहरूले उनलाई चर्चामा समेत ल्याएको...

सोवितालाई कानुन मन्त्रालयको जिम्मेवारी

२०८२ चैत १३ गते ११:१०

 काठमाण्डू, १३ चैत– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सोविता गौतमले प्रप्त गरेकी छन । प्रधानमन्त्री नियुक्त भएका बालेन शाहले आजै मन्त्रिपरिषद् पनि विस्तार गर्दैछन् । उनले मन्त्रीहरूको नाम टुंगो लगाएको उच्च स्रोतले जानकारी दिएको छ । जस अनुसार, कानुन मन्त्रालयको जिम्मेवारी गौतमलाई...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

२०८२ चैत १३ गते ११:०६

 काठमाण्डू, १३ चैत– राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । नेपालको संविधान २०७२ जारी...

सुधन गुरुङ गृहमन्त्री बन्दै

२०८२ चैत १३ गते ११:०२

 काठमाण्डू, १३ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री बन्ने पक्का भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधनलाई गृहमन्त्रीको जिम्मेवारीमा पठाउन लागेको हो । रास्वपा संसदीय दलका नेता बालेनलाई राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरअघि प्रधानमन्त्रीमा नियुक्त...

कार्की आयोगको प्रतिवेदन अपूर्णः कांग्रेस

२०८२ चैत १२ गते १८:५३

काठमाण्डू, १३ चैत– कांग्रेसले गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण रहेको बताएको छ । आज (बिहिबार) सानेपामा पत्रकार सम्मेलन गरेर कांग्रेसले प्रतिवेदन अधुरो रहेको बताएको हो । कांग्रेस प्रवक्ता देवराज चालिसेले भने,‘प्रथम दृष्टिमा यो अपूर्ण देखिएको छ । अलि अधुरो देखियो, ‘यसले पूर्णता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us