नीति तथा कार्यक्रम शब्द छन्, दृष्टि छैनः एमाले सांसद अर्याल

काठमाण्डु टुडे २०८३ वैशाख ३१ गते १५:०८ मा प्रकाशित

काठमाण्डू, ३१ वैशाख– प्रतिपक्षी दल एमाले संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रमले जनताको अपेक्षा सम्बोधन गर्न नसकेको बताएकी छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभा बैठकमा भएको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै एमाले सचिव समेत रहेकी सांसद अर्यालले यस्तो बताएकी हुन ।

उनले वर्तमान सरकारप्रति जनताले असाधारण आशा राखेको भएपनि सरकारले ल्याएको नीति तथा कार्यक्रमले उनीहरूको भरोसालाई सम्बोधन गर्न नसकेको समेत बताएकी छन । नीति तथा कार्यक्रममा स्पष्ट दृष्टि, कार्यान्वयनको आधार र जनजीवन परिवर्तन गर्ने साहसिक संकल्प नदेखिएको उनको भनाइ छ । उनका अनुसार, नीति तथा कार्यक्रम शब्द छन्, दृष्टि छैन ।

घोषणा छन्, दिशानिर्देश छैन । नाराहरू छन्, तर कार्यान्वयनको आधार छैन । उनले भनिन्, ‘यो सरकारप्रति नेपाली जनताले असाधारण आशा राखेका थिए । जनताले सोचेका थिए, अव शासनको शैली फेरिनेछ, राज्यको सोच फेरिनेछ, प्राथमिकता फेरिनेछ, तर दुखका साथ भन्नुपर्छ सरकारद्धारा प्रश्तुत नीति तथा कार्यक्रमले जनताको आशा, उत्साह र भरोसालाई सम्बोधन गर्न सकेन, ‘यो नीति तथा कार्यक्रम पढ्दा यस्तो लाग्छ, शब्द छन्, दृष्टि छैन् । घोषणा छन्, दिशानिर्देश छैन ।

नाराहरू छन् तर कार्यन्वयनको आधार छैन ।’ उनले आफूलाई नवीन सोचको सरकार बताउने नेतृत्वले ल्याएको दस्तावेजमा नवीनता र स्पष्टता नरहेको टिप्पणी गरिन् । उनका अनुसार नीति र कार्यक्रमबीचको भिन्नता समेत स्पष्ट छैन । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय संकल्पलाई नीति तथा कार्यक्रमबाट हटाएको भन्दै असन्तुष्टी समेत व्यक्त गरेकी छन ।

आफूलाई नविन सोचको अवतार भनिने सरकारले ल्याएको दस्तावेजमा न नविनता देखियो, न स्पष्टता, न जनताको जीवन बदल्ने साहसिक संकल्प नै देखियो । नीति हो की कार्यक्रम यो पनि स्पष्ट छुट्याइएको छैन ।

नीति के हो, कार्यक्रम के हो, छुट्याउन गाह्रो छ,’ उनले भनिन्, ‘यो नीति तथा कार्यक्रम सरकारको मात्र होइन, राष्ट्रको साझा दस्तावेज हो । यसको उत्कृष्टता हामी सबैको चाहाना हो । त्यसकारण यसको आलोचना गर्नु विरोधको लागी विरोध होइन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us