त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

काठमाण्डु टुडे २०८३ वैशाख ३१ गते १५:०१ मा प्रकाशित

काठमाण्डू, ३१ वैशाख– त्रिभुवन विश्वविद्यालय (त्रिवि)को निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. सुशीलबहादुर बज्राचार्यले प्रप्त गरेका छन । अध्यादेशबाट विश्वविद्यालयको उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएपछि प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाह (बालेन)ले बज्राचार्यलाई जिम्मेवारी दिएका हुन् ।

यद्यपि, अध्यादेश जारी हुनुअघि नै त्रिविको उपकुलपतिबाट प्रा.डा. दीपक अर्यालले राजीनामा दिएका थिए । उनीसँगै शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले पनि राजीनामा दिएका थिए ।

विश्वविद्यालय पदाधिकारीविहीन भएपछि निमित्तको जिम्मेवारी बज्राचार्यलाई दिएको हो । विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस समिति गठन भई आवेदन माग भइसकेको छ । उपकुलपतिको लागि आवेदन दिन १० दिनको समय दिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us