समाचार

विधिको शासनका लागि सरकारलाई हाम्रो सहयोग रहन्छः ज्ञानबहादुर शाही

२०८२ चैत १२ गते १३:५३

काठमाण्डू, १२ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित सांसद ज्ञानबहादुर शाहीले रचनात्मक भूमिका खेल्न प्रतपक्षीको संख्या कम भए पनि केही नहुने बताएका छन । सांसद पदको शपथ लिन सिंहदरबारस्थित संसद् भवन पुगेका उनले सञ्चारकर्मीसँग लकुरा गर्दै रास्वपा सांसद शाहीले यस्तो बताएका हुन । उनले...

एमाले सांसदहरूलाई च्यासल बोलाइयो, ओलीले सम्बोधन गर्ने

२०८२ चैत १२ गते १३:२७

काठमाण्डू, १२ चैत– एमालेले आफ्ना सांसदहरुलाई च्यासलमा बोलाएको छ । प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ लिए लगत्तै च्यासल आउन निर्देशन दिइएको एमाले प्रचार विभाग संयोजक मीनबहादुर शाहीले जानकारी दिए । ‘प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ,’ प्रचार...

कार्की आयोग प्रतिवेदनः एआईजी शाहलाई कारबाही र पुरस्कार दुवै सिफारिस

२०८२ चैत १२ गते १३:२१

काठमाण्डू, १२ चैत– गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले एकै व्यक्तिमाथि कारबाही र पुरस्कार दुवै सिफारिस गरेको भेटिएको छ । आन्दोलनका बेला प्रहरी प्रधान कार्यालयको कार्य विभाग (हाल प्रहरी एकेडेमी) मा रहेका एआईजी सिद्धिविक्रम शाहलाई...

सरकारलाई रचनात्मक र आलोचनात्मक समर्थन गर्छौंः हर्क साम्पाङ

२०८२ चैत १२ गते १३:१२

काठमाण्डू, १२ चैत– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले सरकारलाई रचनात्मक र आलोचनात्मक समर्थन गर्ने नीति लिएको बताएका छन । आज (बिहिबार) शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसर पुगेका अध्यक्ष साम्पाङले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन । उनले भने, ‘हामी...

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागेको भन्दै विरोध प्रदर्शन

२०८२ चैत १२ गते १३:०५

काठमाण्डू, १२ चैत– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागिएको भन्दै विरोध प्रदर्शन भएको छ । महिला तथा मानव अधिकारकर्मीहरूले आज (बिहीबार) काठमाण्डूको माईतीघरमा विरोध प्रदर्शन गरेका हुन । नयाँ सरकार बनाउन लागेको राष्ट्रिय स्वन्तन्त्र पार्टी (रास्वपा) ले मन्त्रालयको संख्या घटाउने तयारी गरेको...

पार्टीमा एकता कायम गर्न सबै तहको भूमिका जरुरीः  डा. महत

२०८२ चैत १२ गते १२:५९

काठमाण्डू, १२ चैत– कांग्रेसका नेता डा. प्रकाशरण महतले पार्टीमा एकता कायम गर्न सबै तहको भूमिका जरुरी रहेको बताएका छन । पार्टीको केन्द्रीय कार्यसमितिले १५ औं महाधिवेशनको कार्यतालिका पारित गरेको भोलिपल्ट कांग्रेस नेता महतले एकता कायम गर्नका लागि सबै तहको भूमिका जरुरी रहेको बताएका हुन...

प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपाको अनुरोध

२०८२ चैत १२ गते १२:४१

काठमाण्डू, १२ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको रुपमा बालेन शाहको शपथ ग्रहण कार्यक्रमको व्यवस्थापन मिलाइदिन मुख्य सचिवलाई अनुरोध गरेको छ । रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले मुख्य सचिवलाई पत्र लेख्दै शपथ ग्रहण कार्यक्रमको सम्पूर्ण व्यवस्थापन मिलाइदिन अनुरोध गरेका हुन । आज...

कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने पुष्टि भयोः एमाले महासचिव पोखरेल

२०८२ चैत १२ गते १२:२२

काठमाण्डू, १२ चैत– एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका घटना जाँचबुझ गर्न गठित आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगकै प्रतिवेदनले पुष्टि गरेको बताएका छन । एमाले महासचिव पोखरेले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन । एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका...

कार्की आयोगको प्रतिवेदनमा नेपाल बारको असहमति

२०८२ चैत १२ गते १२:०८

काठमाण्डू, १२ चैत– नेपाल बार एसोसिएसनले गत २३ र २४ भदौमा भएको भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनप्रति असहमति व्यक्त गरेको छ । बारले आफ्नो क्षेत्राधिकार बाहिर गएर आपत्तिजनक तवरमा न्यायालयका विषय प्रतिवेदनमा उल्लेख गरेको भन्दै असहमति व्यक्त गरेको...

नेपाली बाहेकको भाषामा शपथ लिने सांसदको संख्या ६३ पुग्यो

२०८२ चैत १२ गते ११:५५

काठमाण्डू, १२ चैत– नेपाली बाहेकको भाषामा शपथ लिने प्रतिनिधि सभा सदस्य (सांसद) हरूको संख्या ६३ पुगेको छ । संघीय संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिन्छु भनेर इमेल र भौतिक रुपमा उपस्थित भएर जानकारी गराएका हुन । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको...

सुशीला कार्की सरकारद्वारा जाँदा जाँदै पेट्रोल, डिजेल र मट्टतेलमा भारी मूल्य वृद्धि

२०८२ चैत ११ गते २२:०९

काठमाण्डू, ११ चैत-सुशीला कार्की नेतृत्वको चुनावी सरकारले जाँदाजाँदै पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर समान १५ रुपैयाँ मूल्य बढाइएको हो । नेपाल आयल निगमले बुधबार साँझ एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएको जानकारी दिएको...

ग्लोबल आइएमई बैंकद्वारा पौभा कलाको दिव्य रङ्ग, दर्शन समावेश २०८३ सालको क्यालेन्डर सार्वजनिक

२०८२ चैत ११ गते १८:५४

काठमाण्डू, ११ चैत ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा पौभा कलाको दिव्य रङ्ग र दर्शन सहितको तस्वीरहरु समावेश नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्मोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us