नीति तथा कार्यक्रममा प्रधानमन्त्री बालेनले जवाफ नदिने, अर्थमन्त्री वाग्लेले दिने

काठमाण्डु टुडे २०८३ वैशाख ३० गते ११:१५ मा प्रकाशित

काठमाण्डू, ३० वैशाख– सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नमा प्रधानमन्त्री बालेन शाहले जवाफ नदिने भएका छन । बालेनको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने प्रधानमन्त्री बालेनको सचिवालय स्रोतले जानकारी दिएको छ ।

यसअघि प्रधानमन्त्री बालेनले जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले जारी गरेको थियो । तर, प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि अर्थमन्त्री वाग्लेले दिने भएका हुन् । प्रतिनिधि सभाको बैठक विहान ११ बजेका लागि बोलाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us