रास्वपा महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय

काठमाण्डु टुडे २०८३ वैशाख ३० गते ११:३१ मा प्रकाशित

काठमाण्डू, ३० वैशाख– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी दिएका छन । यसअघि सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते गर्ने प्रस्ताव गरेका थिए ।

तर असार ७, ८ र ९ गते चितवनमा पहिलो महाधिवेशन गर्ने निर्णय भएको पराजुलीले फेसबुकमा लेखेका छन् । आगामी महाधिवेशन र विविध एजेण्डामा छलफल गर्न पार्टी कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक आयोजना गरिएको छ । यसअघि रास्वपाले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us