प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस

काठमाण्डु टुडे २०८३ वैशाख ३० गते ११:५० मा प्रकाशित

काठमाण्डू, ३० वैशाख– प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस गरीएको छ । सभामुख डीपी अर्यालले अधिकारीको नाम सिफारिस गरेका हुन् ।

हर्कराज राईलाई हटाएर सभामुख अर्यालले प्रतिनिधिसभाको सचिवमा अधिकारीलाई ल्याउन लागेका हुन् । नेपालको संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था रहेको छ ।

जहाँ भनिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसद्को महासचिव, सभामुखको सिफारिसमा प्रतिनिधि सभाको सचिव र राष्ट्रिय सभाको अध्यक्षको सिफारिसमा राष्ट्रिय सभाको सचिव नियुक्त गर्नेछ ।’ अधिकारी खाँदबारी नगरपालिका– ३, सङ्खुवासभाका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us