रास्वपा सांसद पराजुलीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो

काठमाण्डु टुडे २०८३ वैशाख ३१ गते १२:३७ मा प्रकाशित

काठमाण्डू, ३१ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले संसद्मा दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइएको छ । गत २९ वैशाखको बैठकमा उनले बोल्दे क्रममा व्यक्त गरेका दुई वटा शब्द प्रतिनिधिसभाको अभिलेखबाट हटाउन निर्देशन दिइएको सभामुख डोल प्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार, ‘भरौटेहरू’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिंडेजस्तो’ भन्ने शब्द सभाको अभिलेखबाट हटाइएको हो । ‘वैशाख २९ गतेको बैठकमा माननीय सदस्य गणेश पराजुलीले बोल्ने क्रममा प्रयोग गर्नुभएको भरौटेहरू र यहाँ लुगा लगाएर पनि नांगै हिंडेजस्तो गरी भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाउन सचिवालयलाई हटाउन निर्देशन गरेको छु,’ सभामुख अर्यालले भने ।

रास्वपा सांसद पराजुलीले दिएको अभिव्यक्ति हटाउन हिजो बसेको बैठकमा एमाले सांसद ऐन महरले हटाउन माग गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us