काठमाण्डु, २० असोज– नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा गुडिरहेको गाडीमा ढुंगा झरेर लागेको छ । ढुंगा लागेर दुईवटा गाडीमा सवार ५ जना घाइते भएका छन् । काठमाण्डुबाट बर्दिया जाँदै गरेको ना७ख २७४५ नम्बरको बस र काठमाण्डुबाटै नारायणगढ जाँदै गरेको बा.प्र.६–००१ज०२३६ नम्बरको माइक्रोबसमा...
काठमाण्डू, २० असोज- जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । पूर्वी तथा मध्यभागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले जनाएको छ । विभागका अनुसार हाल लुम्बिनी र गण्डकीसहित...
काठमाण्डू, २० असोज- दसैंको चौथो दिन आज नवदुर्गाका नौरूपमध्ये कुष्माण्डा देवीको पूजाआराधना गरेर मनाइँदै छ । दियो, कलश र गणेशको पूजा गरी ‘कुष्माण्डा’स्वरूपा दुर्गा भवानीको विशेष पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविदहरु बताउँछन् । यस दिन पनि घटस्थापनाका दिन राखिएका जमरामा जल सेचन गर्ने...
लमजुङ, १९ असोज-मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्स्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार शुक्रबार बेलुका बाबु छोरासँगै बसेर मदिरा सेवन गरेका थिए । त्यसपछि उनीहरूबीच विवाद...
हुम्ला, १९ असोज-हुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ताजाँकोट गाउँपालिका-२ पुइमामा शनिबार लु१ज ३०४३ नम्बरको जिप दुर्घटनामा परेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० राँझाका ४९ वर्षीया विष्णु परियार र हुम्लाको चंखेली गाउँपालिका-६ का ५ वर्षीय अभिषेक...
काठमाण्डू, १९ असोज-कैलालीको घोडाघोडी नगरपालिका–८ मा गम्म्बारो रोगका कारण पाँच हजार बढी कुखुरा मरेका छन् । किसान पहल देउवाले पालेका पाँच हजार बढी लेयर्स कुखुरा मरेका हुन् । यसअघि आफ्नो फर्ममा गम्बारो रोग कहिल्यै नदेखिएको देउवाले बताए । ‘यो रोगका कारण यति धेरै कुखुरा मरेको पहिलोपटक...
काठमाण्डू, १९ असोज-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध चितवनमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । साहरा सहकारी पीडितका नाममा शनिबार चितवनमा आयोजित लामिछाने सहभागी कार्यक्रममा प्रदर्शन गरिएको थियो । ब्यानरसहित नाराबाजी गरेर कार्यक्रम स्थल आउने क्रममा उनीहरुलाई प्रहरीले नारायणगढको लायन्स चोकमा बल...
काठमाण्डू, १९ असोज-सिन्धुपाल्चोकका ५ सांसदले सरकारले शुक्रबार गरेको विपद् संकटग्रस्त क्षेत्र घोषणाप्रति आपत्ति जनाएका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीमार्फत उनीहरुले प्रधानमन्त्री तथा मन्त्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको ध्यानाकर्षण गराएका हुन् । विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दा...
काठमाण्डू, १९ असोज-गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबानलगायत प्रभावित जिल्ला र पालिकाहरूलाई क्षतिको विवरण छिटो पठाउन आग्रह गरेका छन् । शनिबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले चाँडोभन्दा चाँडो लाभग्राही पहिचान गरी पठाउन आग्रह गरे । लाभग्राही पहिचान भएर आएको तीन...
काठमाण्डु, १९ असोज– धनकुटामा एक जना मृत अवस्थामा फेला परेका छन । धनकुटा, सहिदाभुमि गाउँपालिका–४ बस्ने २७ वर्षीय लुरे भन्ने ताईजन बिक सोही गाउँपालिका–४ खोकु नस्पती चोकस्थित सडक छेउमा मृत अवस्थमा फेला परेको प्रहरीले जानकारी दिएको छ । उनी गए राति मृत अवस्थामा फेला...
काठमाण्डु, १९ असोज– गएको ११ र १२ असोजमा आएको बाढीबाट सर्लाहीको कर्मेयास्थित बागमती सिँचाइ आयोजनामा रु १० करोड ४० लाख बराबरको क्षति भएको छ । लालवकैया, लखनदेही, बागमती, चाँदी तथा झाँझ नदीमा आएको बाढीले उक्त आयोजनामा क्षति भएको हो । सर्लाही र रौतहट जिल्लामा...
काठमाण्डु, १९ असोज– राप्रपाका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दसैँ र तिहार सकिए लगत्तै अहिलेको व्यवस्था फाल्नुपर्ने आवश्यकता भएको बताएका छन । आज शनिबार काठमाण्डुमा आयोजित साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन । उनले सरकारको उपस्थिति नागरिक विपत्तिमा परेर सयौँको सङ्ख्यामा ज्यान गुमाउँदा...