रोकिराखेको जिप ब्याक भएर पल्टिंदा दुईको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज १९ गते २२:२३ मा प्रकाशित

हुम्ला, १९ असोज-हुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

ताजाँकोट गाउँपालिका-२ पुइमामा शनिबार लु१ज ३०४३ नम्बरको जिप दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० राँझाका ४९ वर्षीया विष्णु परियार र हुम्लाको चंखेली गाउँपालिका-६ का ५ वर्षीय अभिषेक बुढा छन् ।

सर्केगाड गाउँपालिकाको सर्केगाड बजारबाट बाजुराको मिलीचौरतर्फ जाँदै गर्दा जिप कर्णाली करिडोरमा दुर्घटनामा परेको हो ।

गियर बक्स बिग्रेर रोकेको अवस्थामा सडकबाट ब्याक भई जिप ३०० मिटर तल खसेको  हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए । जिपमा चालकसहित सात जना सवार थिए ।

गाडी मर्मत हुन थालेपछि  पाँच जना बाहिर निस्किएका कारण ज्यान बचाउन सफल भए । मृतक परियार र बुढा भने गाडीमै  थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us