काठमाण्डु, २० असोज– नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा गुडिरहेको गाडीमा ढुंगा झरेर लागेको छ ।
ढुंगा लागेर दुईवटा गाडीमा सवार ५ जना घाइते भएका छन् ।
काठमाण्डुबाट बर्दिया जाँदै गरेको ना७ख २७४५ नम्बरको बस र काठमाण्डुबाटै नारायणगढ जाँदै गरेको बा.प्र.६–००१ज०२३६ नम्बरको माइक्रोबसमा माथिबाट ढुंगा खसेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
यादवका अनुसार घाइते घाइते हुनेमा बर्दिया गेरूवाका प्रेमकला थापा, विकास शर्मा र गीता पाण्डे छन् । यस्तै मुगुका हिरामणि सञ्जेल र मोहन सञ्जेल घाइते भएका छन् ।
घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।