समाचार

रविलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो

२०८१ कार्तिक ११ गते १२:२८

काठमाण्डु, ११ कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई थप बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । रास्वपा सभापति लामिछानेलाई सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा गएको २ कात्तिकमा...

माओवादीहरुले अझै धम्क्याएको भरमा खाने गरेका छन: प्रधानमन्त्री ओली

२०८१ कार्तिक ११ गते १२:२२

काठमाण्डु, ११ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हतियार बिसाउन लगाउन आफूहरूले जानेको जवाफ दिएका छन् । आज (आइतबार) गैरआवासीय नेपालीहरूको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई...

प्रचण्डलाई प्रधानमन्त्री ओलीको जवाफः हतियार बिसाउन लगाउन जानेका छौँ

२०८१ कार्तिक ११ गते १२:१६

काठमाण्डु, ११ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हतियार बिसाउन लगाउन आफूहरूले जानेको जवाफ दिएका छन् । आज (आइतबार) गैरआवासीय नेपालीहरूको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई...

एनआरएनएमा राजनीति नगर्न प्रधानमन्त्रीको सुझाव

२०८१ कार्तिक ११ गते १२:११

काठमाण्डु, ११ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका छन । एनआरएनए दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन । ओलीले राजनीतिक दलका आआफ्नै संगठनहरु भए पनि संस्थाभित्र राजनीति नगर्न...

रविमाथि इजलासमा दुर्व्यवहार भएको भनाइप्रति कास्की प्रहरीको आपत्ति

२०८१ कार्तिक ११ गते ११:५६

काठमाण्डु, ११ कात्तिक– सहकारी ठगी प्रकरणमा प्रकाउ परेर प्रहरी अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई म्याद थपका क्रममा अदालत लैजाँदा इजलासमा प्रहरीले दुर्व्यवहार गरेको, हातहतियारसहित इजलासमा प्रवेश गरेकोलगायत आरोपप्रति कास्की प्रहरीले आपति व्यक्त गरेको छ । जिल्ला प्रहरी कार्यालय...

बारामा धारिलो हतियार प्रहार गरी हत्या

२०८१ कार्तिक ११ गते ९:१५

बारा, ११ कात्तिक- बारामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । महागढीमाई नगरपालिका–१ नैकाटोलमा स्थानीय ५० वर्षीय श्रीनारायण यादवको अज्ञात समूहले हत्या गरेको बारा प्रहरीले जनाएको छ । बारा प्रहरीका डिएसपी प्रकाश सापकोटाले शनिबार राति  करिब ८ बजे घर नजिकै यादवमाथि...

१२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

२०८१ कार्तिक ११ गते ८:४०

काठमाण्डु, ११ कात्तिक– प्रहरी प्रधान कार्यालयले बिनाजानकारी गैरहाजिर भएका १२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालयले आइतबार एक सूचना प्रकाशित गर्दै आफूखुसी गैरहाजिर भएका १२ जना प्रहरीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो । महानिरीक्षकको सचिवालय,...

म्याग्दीका ६ सय घरमा विद्युतीकरण

२०८१ कार्तिक ११ गते ८:२७

म्याग्दी, ११ कात्तिक–मालिका गाउँपालिकाको छ सय बढी घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ। नेपाल विद्युत् प्राधिकरणले मालिकाको वडा नम्बर १ छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नम्बर ३ को लुप्सीपार, पात्ले, खतेन र ४ नम्बर वडाको ओखरबोटमा विद्युतीकरण...

कोशी र बागमती प्रदेशलगायत पहाडी भू–भागमा वर्षात हुने

२०८१ कार्तिक ११ गते ८:१३

काठमाण्डु, ११ कात्तिक– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको जानकारी दिएको छ । यसका अतिरिक्त भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रकोसमेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । आइतबार बिहान कोशी र मधेस...

रवि लामिछानेलाई प्रहरी हिरासतमा मानसिक दबाब दिइयोः रास्वपा

२०८१ कार्तिक ११ गते ८:०८

काठमाण्डु, ११ कात्तिक–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरी हिरासतमा राखेको निष्कर्ष निकालेको छ । बैठकपछि कार्यबाहक प्रवक्ता मनिष झाले शनिबार राति जारी गरेको विज्ञप्तिमा लामिछानेलाई अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएको आरोप लगाइएको...

एनआरएनए ‘ग्लोबल’ सम्मेलन आजदेखि

२०८१ कार्तिक ११ गते ७:५०

‘काठमाण्डु, ११ कात्तिक– रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ भन्ने नारासहित आजदेखि काठमाण्डुमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहने र...

दोलखा केन्द्रबिन्दु भएर भूकम्पको घक्का

२०८१ कार्तिक ११ गते ७:१५

दोलखा, ११ कात्तिक- दोलखा केन्द्रबिन्दु बनाएर  भूकम्प गएको छ । गएराति साढे ११ बजेको समयमा लामिडाँडा आसपास केन्द्र बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । भूकम्पले कुनै मानवीय र भौतिक क्षति भएको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us