१२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाण्डु टुडे २०८१ कार्तिक ११ गते ८:४० मा प्रकाशित

काठमाण्डु, ११ कात्तिक– प्रहरी प्रधान कार्यालयले बिनाजानकारी गैरहाजिर भएका १२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयले आइतबार एक सूचना प्रकाशित गर्दै
आफूखुसी गैरहाजिर भएका १२ जना प्रहरीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो ।

महानिरीक्षकको सचिवालय, कानुन शाखाले गैरहाजिर भएका प्रहरी नायव निरीक्षक अशोक दर्नालसहितलाई बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

सूचनामा गैरहाजिर हुनुको कारण खुल्ने गरी स्पष्टीकरण बुझाउनसेमत भनिएको छ ।

सूचनालाई बेवास्ता गरे प्रहरी नियमावलीअनुसार कारबाही हुने चेतावनी प्रधान कार्यालयले दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us