कोशी र बागमती प्रदेशलगायत पहाडी भू–भागमा वर्षात हुने

काठमाण्डु टुडे २०८१ कार्तिक ११ गते ८:१३ मा प्रकाशित

काठमाण्डु, ११ कात्तिक– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको जानकारी दिएको छ ।

यसका अतिरिक्त भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रकोसमेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

आइतबार बिहान कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाको भनाइ छ ।

दिउँसो कोशी र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

महाशाखाले देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघ गर्जनर चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जरनचट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us