रविलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो

काठमाण्डु टुडे २०८१ कार्तिक ११ गते १२:२८ मा प्रकाशित

काठमाण्डु, ११ कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई थप बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।

रास्वपा सभापति लामिछानेलाई सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा गएको २ कात्तिकमा काठमाण्डुबाट पक्राउ गरेर पोखरा पुर्याइएको थियो ।

उनीमाथि प्रहरीले सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगी आरोपमा अनुसन्धान गरिरहेको छ । लामिछानेलाई दोस्रो पटक ७ दिनको म्याद थप गरिएको छ ।

काठमाण्डुबाट पक्राउ परेका लामिछानेको अनुसन्धान म्याद १४ गतेसम्म छ । १५ गतेदेखि तिहार बिदा हुने र अदालत बन्द हुने भएकोले उनलाई २० गते मात्रै अदालतमा पेस गरिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us