समाचार

नेपालमा माओवादीले थालेको सुशासनको रेडर्क कसैले मेटाउन सक्ने छैनः प्रचण्ड

२०८१ कार्तिक १० गते १७:५९

काठमाण्डु, १० कात्तिक– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारले नेपालमै सुशासनको सवालमा ऐतिहासिक रेडर्क बनाएको उल्लेख गर्दै यसलाई कसैले मेटाउन नसक्ने बताएका छन् । पार्टीको उपत्यका विशेष र बागमती प्रदेश समितिद्वारा शनिबार राजधानीमा आयोजित खबरदारी सभामा बोल्दै उनले...

काँग्रेस–एमाले नेतालाई नछुने, रविलाई मात्र गिरफ्तार गर्ने रबैया गलत छः प्रचण्ड

२०८१ कार्तिक १० गते १७:५१

काठमाण्डु, १० कात्तिक– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगीमा संलग्न काँग्रेस र एमालेका नेताहरुलाई पक्राउ नगरिएकामा आपत्ति जनाएका छन् । पार्टीको उपत्यका विशेष र बागमती प्रदेशले शनिबार राजधानीमा गरेको खबरदारी सभामा बोल्दै उनले संसदीय विशेष छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेका...

भाटभटेनी मेरो होइन रहेछ भन्ने क्लियर गर्दिनुभयो, केपी ओलीलाई धन्यवादः प्रचण्ड

२०८१ कार्तिक १० गते १७:३२

काठमाण्डु, १० कात्तिक– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भाटभटेनी सुपरमार्केट आफ्नो भन्ने वर्षौंदेखिको आरोप प्रधानमन्त्री केपी ओलीले गलत सावित गरिदिएको बताएका छन् । पार्टीको उपत्यका विशेष र बागमती प्रदेशले शनिबार राजधानीमा गरेको खबरदारी सभामा बोल्दै उनले त्यसका लागि प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए...

म थाकेको छैन, काँग्रेस र एमालेजस्ता बेइमानलाई तह लगाउनुछः प्रचण्ड

२०८१ कार्तिक १० गते १७:२४

काठमाण्डु, १० कात्तिक– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ०८४ सालको आमनिर्वाचनमा काँगे्रस र एमालेजस्ता बेइमान र भ्रष्ट दललाई जनताले दण्डित गर्ने बताएका छन् । पार्टीको उपत्यका विशेष र बागमती प्रदेशले शनिबार राजधानीमा गरेको खबरदारी सभामा बोल्दै उनले ०८४ अघि नै माओवादी घटकहरुबीच...

यो सरकार हामीले ढाल्नै पर्दैन, जनताले सडकमा घिसार्छन्ः प्रचण्ड

२०८१ कार्तिक १० गते १७:०८

काठमाण्डु, १० कात्तिक– प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले खबरदारी सभा गर्दैमा सरकार आतंकित भएको टिप्पणी गरेका छन् । शनिबार पार्टीको उपत्यका विशेष र बागमती प्रदेशले राजधानीमा गरेको खबरदारी सभामा उनले शुक्रबार सत्तारुढ दलहरुका नेता बोलाएर प्रधानमन्त्री केपी ओलीले सडकबाट सरकारको...

काँग्रेस–एमालेजस्ता दलाल, बिचौलिया र भ्रष्टहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड

२०८१ कार्तिक १० गते १६:४२

काठमाण्डु, १० कात्तिक– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस र एमाले दलाल, बिचौलिया र भ्रष्टहरुको प्रतिनिधि भएको आरोप लगाएका छन् । पार्टीको बागमती र उपत्यका विशेष प्रदेशले शनिबार राजधानीमा गरेको सभालाई सम्बोधन गर्दै उनले सरकारका सय दिनका कामकारकाहीबाट आफूहरुले गर्दै आएको आशंका...

ओलीलाई प्रचण्डको चुनौतीः काँग्रेसको वैशाखी टेकेर दुई तिहाईको धाक नलगाए हुन्छ

२०८१ कार्तिक १० गते १६:२१

काठमाण्डु, १० कात्तिक–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसको वैशाखी चडेर दुई तिहाईको धाक नलगाउन प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् । पार्टीले शनिबार राजधानीमा गरेको खबरदारी सभामा बोल्दै उनले नेकपाको दुई तिहाई भएका बेला संसद् विघटन गरेर आफ्नै खुट्टामा बञ्चरो हान्ने ओलीले अर्काको...

ओलीले भ्रष्टाचारीको संरक्षण त गरेकै थिए, एसपीपी सम्झौतामा हस्ताक्षर गरेको कुरा आएको छः नारायणकाजी श्रेष्ठ

२०८१ कार्तिक १० गते १५:२९

काठमाण्डु, १० कात्तिक– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्ना अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार, ठगी र राज्य लुट्नेविरुद्ध ठूलो कदम उठाएको बताएका छन् । सो पार्टीले शनिबार राजधानीमा गरेको खबरदारी सभालाई सम्बोधन गर्दै श्रेष्ठले राणा शासनपछिका कुनै पनि सरकारले नगरेको भष्टाचारविरुद्धको काम...

जनमत पार्टीका सांसद गुप्तामाथि हातपात प्रयास, प्रहरी कार्यालयमा लुकाइयो

२०८१ कार्तिक १० गते १४:५८

रुपन्देही, १० कात्तिक– जनमत पार्टीका नेता एवं लुम्बिनी प्रदेशसभा सदस्य सीके गुप्तामाथि हातपात प्रयास भएको छ । गुप्तामाथि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा शनिबार बिहान युवाहरुको एक समूहले बागमती प्रदेश३–०१च ६६२७ नम्बरको गाडी रोकेर हातपात प्रयास गरेको हो । नजिकै रहेको इलाका प्रहरी कार्यालयको प्रहरीले...

हतियारसहित दुई पक्राउ

२०८१ कार्तिक १० गते १४:२९

रौतहट, १० कात्तिक– गुजरा नगरपालिका–३ धनसार सिमरी गेट नजिकैबाट हतियारसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटहरीया–३ का कमोदा राम चमार र नेमलाल साह बनियाँ छन् । ज४प ९०५८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँचका क्रममा पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल...

काँग्रेस र एमालेले मुलुकका लागि असाधारण योगदान गरेका छन्ः ओली

२०८१ कार्तिक १० गते १४:१८

काठमाण्डु, १० कात्तिक– प्रधानमन्त्री केपी ओलीले सत्तारुढ काँग्रेस र एमालेले मुलुकका लागि असाधारण योगदान गरेको दाबी गरेका छन् । कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा वन तथा वातावरण मन्त्रालयले शनिबार राजधानीमा गरेको राष्ट्रिय जलवायु सम्मेलनमा ओलीले यी दुई दलले लोकतन्त्र मास्ने काम नगने जिकिर गरेका हुन् ।...

मीनबहादुरले श्रमिकको पसिना चुसेको धन एमालेलाई घूस दिएः सिंखडा

२०८१ कार्तिक १० गते १४:०९

काठमाण्डु, १० कात्तिक– नेकपा माओवादी केन्द्र सम्वद्ध मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष गजत सिंखडाले मजदुरको पसिना चुसेर जम्मा गरेको पैसाबाट भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले एमालेलाई घूसबापत ११ रोपनी जग्गा दिएको आरोप लगाएका छन् । माओवादीले सरकारविरुद्ध शनिबार राजधानीमा गरेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us