रौतहट, १० कात्तिक– गुजरा नगरपालिका–३ धनसार सिमरी गेट नजिकैबाट हतियारसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कटहरीया–३ का कमोदा राम चमार र नेमलाल साह बनियाँ छन् ।
ज४प ९०५८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँचका क्रममा पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल ११ नम्बर गणका एसपी विक्रम हुमागाईंले उनीहरुका साथबाट कटुवा पेस्तोल थान १ र सो मा प्रयोग हुने ३ राउण्ड गोली बरामद भएको जानकारी दिए ।
पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।