काठमाण्डु, १० कात्तिक– प्रधानमन्त्री केपी ओलीले सत्तारुढ काँग्रेस र एमालेले मुलुकका लागि असाधारण योगदान गरेको दाबी गरेका छन् ।
कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा वन तथा वातावरण मन्त्रालयले शनिबार राजधानीमा गरेको राष्ट्रिय जलवायु सम्मेलनमा ओलीले यी दुई दलले लोकतन्त्र मास्ने काम नगने जिकिर गरेका हुन् ।
मुुलुकको राजनीतिक परिवर्तनमा कांग्रेस र एमालेले असाधारण योगदान गरेको दाबी ओलीले गरे ।
एमाले र कांग्रेसले नेपालको राजनीतिक र सामाजिक परिवर्तनमा अतुलनीय योगदान गरेको उनको भनाइ थियो ।
‘नेपालको सामाजिक र राजनीतिक आन्दोलनमा लड्ने कुरामा यी दुई पार्टीले सधैं असाधारण योगदान दिएका छन्’,ओलीले भने, ‘यी दुई पार्टीले डेमोक्रेसी मर्न दिँदैनन् । यो दुई दलको प्रतिबद्धता छ ।’