मीनबहादुरले श्रमिकको पसिना चुसेको धन एमालेलाई घूस दिएः सिंखडा

काठमाण्डु टुडे २०८१ कार्तिक १० गते १४:०९ मा प्रकाशित

काठमाण्डु, १० कात्तिक– नेकपा माओवादी केन्द्र सम्वद्ध मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष गजत सिंखडाले मजदुरको पसिना चुसेर जम्मा गरेको पैसाबाट भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले एमालेलाई घूसबापत ११ रोपनी जग्गा दिएको आरोप लगाएका छन् ।

माओवादीले सरकारविरुद्ध शनिबार राजधानीमा गरेको खबरदारी सभामा बोल्दै सिंखडाले भाटभटेनीमा श्रम ऐनअनुसार सामाजिक सुरक्षा र बोनसको सुविधा कार्यान्वयन नगरेको बताए ।

गुरुङले नक्कली भ्याट बिलमामार्फत गरेको भ्रष्टाचार र ललीता निवासको जग्गा प्रकरण मिलाउन एमालेलाई घूसबापत पार्टी कार्यालय बनाउन जग्गा घूस दिएको आरोप सिंखडाको थियो ।

‘भाटभेटेनीमा सामाजिक सुरक्षा लागू भएको छैन । ४५ सय मजदुरmलाई श्रम ऐनअनुसार बोनसको व्यवस्था गरिएको छैन ।

श्रमिकको पसनामा मस्ती गर्ने, भ्रष्टाचार, नक्कली भ्याट बिल काण्ड ढाकछोप गर्न र ललीता निवास प्रकरण मिलाउन केपी ओलीको पार्टीलाई घूस दिने काम भएको छ’, उनले भने ।

भ्रष्टाचारीलाई संरक्षण गर्न एउटा व्यापारीको घरमा मध्यरातमा गएर सुशासनको पक्षमा अघि बढेको प्रचण्ड नेतृत्वको सरकार ढालिएको सिंखडाको भनाइ थियो ।

उनले ओली सरकार बनेपछि भुटानी शरणाथीलगायत काण्डका गायब पारिएको आरोप लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us