समाचार

आज भाईटीका

२०८१ कार्तिक १८ गते ९:५२

काठमाण्डू, १८ कात्तिक- यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो...

प्रधानमन्त्री ओलीद्वारा तिहारको शुभकामना

२०८१ कार्तिक १८ गते ९:४३

काठमाण्डू, १८ कात्तिक- प्रधानमन्त्री केपी ओलीले तिहार पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र उमङ्गको कामना गरेका छन् । सामाजिक सन्जालमार्फत उनले नेपालीहरूको तिहार नेपालीहरुको महिमापूर्ण पर्व भएको बताए । तिहारले सबै नेपालीमा उमंग ल्याओस भन्ने कामना ओलीले गरे । प्रधानमन्त्री...

मीनबहादुरसँग जग्गा दान लिएको विषयमा ओलीको टिप्पणीः त्यो खासै प्वाइन्ट होइन

२०८१ कार्तिक १७ गते २०:१८

काठमाण्डु, १७ कात्तिक– प्रधानमन्त्री केपी ओलीले भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङसँग पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा आलोचना गर्नेहरुलाई जवाफ दिएका छन् । सिस्नुपानी नेपालको देउसी भैलो कार्यक्रममा सहभागी ओलीले सहभागीहरुका तर्फबाट संक्षिप्त मन्तव्य दिँदै जग्गा दान लिनु स्वभाविक भएको तर्क गरे । कसैसँग...

भारतीय सुरक्षाकर्मी हतियारसहित नेपाली भूमि प्रवेश

२०८१ कार्तिक १७ गते १९:५६

पश्चिम नवलपरासी, १७ कात्तिक– नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी हतियारसहित आएका छन् । दुई नेपाली पक्राउ गर्न उनीहरु हतियारसहित गाडीमा नेपाली भूमिमा प्रवेश गरेका हुन् । उनीह र सुस्ताका दुखी यादव र हिरामन तुरहालाई पक्राउ गर्न आएका थिए । सशस्त्र वन रक्षकको टोली नेपाल आएपछि...

ओलीको चेतावनीः बाँदरले यज्ञ बिथोलेजस्तो नगरौं

२०८१ कार्तिक १७ गते १९:४५

काठमाण्डु, १७ कात्तिक– प्रधानमन्त्री केपी ओलीले सांस्कृतिक पर्व भाँड्ने खालका क्रियाकलाप नगर्न चेतावनी दिएका छन् । नेपाल संवत् ११४५ का अवसरमा शनिबार मूल समारोह समितिले वसन्तपुरमा गरेको कार्यक्रममा ओलीले त्यस्तो चेतावनी दिएका छन् । यज्ञ चलिरहेका समयमा बाँदर आएर यज्ञ बिथोले जस्तै सांस्कृतिक चाड...

१ सय ६० यात्रु लिएर भारत उड्न लागेको जहाजमा फेरि बम थ्रेटको हल्ला

२०८१ कार्तिक १७ गते १९:३३

काठमाण्डु, १७ कात्तिक– शनिबार तेश्रोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उड्ने तयारीमा रहेको भारतीय जहाजमा बम भएको हल्ला चल्यो । एयर इन्डियाको जहाज उड्न लागेका बेला बम रहेको सूचना आएपछि सबै यात्रुलाई ओरालेर सुरक्षा जाँच गरिएको थियो । १ सय ६८ यात्रु लिएर आएको उक्त...

माधव नेपाल भेनेजुयला प्रस्थान

२०८१ कार्तिक १७ गते १९:२२

काठमाण्डु, १७ कात्तिक–एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भेनेजुयला प्रस्थान गरेका छन् । नेपाल नेतृत्वको टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको हो । नेपाल भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको निमन्त्रणामा त्यसतर्फ गएको सो पार्टीले जनाएको छ । एकीकृत समाजवादीका सचिव सोमप्रसाद पाण्डेयेले १९ र २० कात्तिकमा हुने फोरमको...

बाढीपहिरो पीडितलाई आएन तिहार

२०८१ कार्तिक १७ गते १४:५७

भक्तपुर,१७ कात्तिक- दशैंतिहारको मुखैमा आएर बाढीपहिरोले घरबारविहीन बनाएपछि काभ्रेका बाढी पीडितको अनुहारमा खुसी छाउन सकेको छैन । सयपत्री, मखमली फूल र बत्तीको झिलिमिली समयले पनि उनीहरु उनीहरु छुन सकेको छैन । तिहार भन्नेबित्तिकै फूल र बत्तीको झिलिमिलीसहित मनभरि हर्ष र उमङ्गको पर्वका रुपमा लिने...

ओलीलाई देउवाको ढाडसः आलोचनाबाट नडराउनुस्, म साथमा छु

२०८१ कार्तिक १७ गते १४:५१

भक्तपुर,१७ कात्तिक- कांग्रेस सभापति शेरबहादुर देउवाले आलोचनाबाट नडराउन प्रधानमन्त्री केपी ओलीलाई आलोचनाबाट नडराउन सुझाव दिएका छन् । कांग्रेस भक्तपुरले शनिबार गरेको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले प्रजातन्त्रमा आलोचनालाई स्वभाविक रुपमा लिनुपर्ने बताए । ओलीमाथिको आलोचना तथ्यपरक नभएकाले नआत्तिन उनको सुझाव थियो । ‘प्रजातन्त्रमा आलोचना हुने...

काभ्रेको रोशीमा महिला मृत फेला

२०८१ कार्तिक १७ गते १३:२८

काभ्रे, १७ कात्तिक- काभ्रेको रोशी गाउँपालिका-३ भन्ज्याङ गाउँमा एक महिला मृत फेला परेकी छन् । मृत फेला पर्ने सोही ठाउँकै ६६ वर्षीय माइली लामा छिन् । शुक्रबार साँझ करिब ४ बजे लामा आफ्नै घरमा टाउकोमा चोट लागेको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय...

राष्ट्रपति पौडेलद्वारा गाई पूजा

२०८१ कार्तिक १७ गते १३:११

  काठमाण्डु, १७ कात्तिक- राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले आज गाई पूजा गरेका छन् । कात्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने परम्परा रहेको छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी...

महोत्तरीको भंगहामा अज्ञात समूहद्वारा तरबार प्रहार

२०८१ कार्तिक १७ गते १२:४४

महोत्तरी, १७ कात्तिक-महोत्तरीको भंगहा नगरपालिका -४ रामनगरविर्तामा हतियारधारी समूहले आक्रमण गरेको छ । घटनामा ४५ वर्षीय रामबाबु महतो घाइते भएको महोत्तरी प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए । महतोको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको  छ । उनीमाथि तीन जनाको संख्यामा आएको अज्ञात समूहले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us