काठमाण्डु, १७ कात्तिक– प्रधानमन्त्री केपी ओलीले सांस्कृतिक पर्व भाँड्ने खालका क्रियाकलाप नगर्न चेतावनी दिएका छन् ।
नेपाल संवत् ११४५ का अवसरमा शनिबार मूल समारोह समितिले वसन्तपुरमा गरेको कार्यक्रममा ओलीले त्यस्तो चेतावनी दिएका छन् ।
यज्ञ चलिरहेका समयमा बाँदर आएर यज्ञ बिथोले जस्तै सांस्कृतिक चाड र पर्वलाई बिथोल्ने प्रयास भइरहेको टिप्पणी उनको थियो ।
नेवारी संस्कृति र भाषा नेपालको एक समृद्धि संस्कृति र विशेष पहिचानको विषय भन्दै ओलीले नेपाल संवतलाई कामकाजप् भाषाका रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
यस्तै राष्ट्रिय विभूति शंखधर साख्वाका विषयमा अध्ययन अनुसन्धान गर्ने तथा कक्षा ९ र १० को ऐच्छिक विषयका रुपमा नेपाल भाषालाई पनि समावेश गर्ने नेवार समुदायको मागमा सरकार सकारात्मक रहेको उल्लेख गरे ।