माधव नेपाल भेनेजुयला प्रस्थान

काठमाण्डु टुडे २०८१ कार्तिक १७ गते १९:२२ मा प्रकाशित

काठमाण्डु, १७ कात्तिक–एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भेनेजुयला प्रस्थान गरेका छन् ।

नेपाल नेतृत्वको टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको हो । नेपाल भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको निमन्त्रणामा त्यसतर्फ गएको सो पार्टीले जनाएको छ ।

एकीकृत समाजवादीका सचिव सोमप्रसाद पाण्डेयेले १९ र २० कात्तिकमा हुने फोरमको सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको बताए ।
अध्यक्ष नेपालले आफ्नो अनुपस्थितिमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी तोकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us