समाचार

चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छः गृहमन्त्री लेखक

२०८१ कार्तिक १६ गते १६:५६

काठमाण्डु, १६ कात्तिक– गृहमन्त्री रमेश लेखक चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व रहेको बताएका छन । आज (शुक्रबार) दिउँसो पर्वत चन्द्रागिरि समाजद्वारा दिपावली, नेपाल सम्मत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा गृहमन्त्री लेखकले यस्तो बताएका हुन । चाड पर्वले परिवार र समाजलाई जोड्ने काम...

सिराहामा यात्रुवाहक बस दुर्घना हुँदा ५ जना घाइते

२०८१ कार्तिक १६ गते १६:१२

काठमाण्डु, १६ कात्तिक– सिराहामा यात्रुवाहक बस दुर्घना हुँदा ५ जना घाइते भएका छन । सिराहको मिर्चैया नगरपालिका–७ बक्री बजारस्थित मिर्चैया–कटारी राजमार्गमा बस दुर्घटनामा परेको हो । उदयपुरको कटारीबाट मिर्चैया आउँदै गरेको ना ३ ख ७०३४ नम्बरको बस साढे ११ बजेको समयमा पल्टिएको प्रहरीले जानकारी...

प्रधानमन्त्री-मन्त्रीसँग गरेको भेटघाट र म्यासेजलाई अनुमतिबिना प्रचार गरियो, कारबाही गरियोस्ः डिपी आर्यल

२०८१ कार्तिक १६ गते १५:५८

काठमाण्डु, १६ कात्तिक– पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी आर्यलले अनुमतिबिना आफ्नो निजी टेलिफोन संवादको विषय प्रचार गरिएको भन्दै आपत्ति व्यक्त गरेका छन । उपसभापति अर्यालले केही दिन यता प्रधानमन्त्री, मन्त्रीसँग गरेको भेटघाट र म्यासेजलाई लिएर केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा...

सन्दुक बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ

२०८१ कार्तिक १६ गते १५:३९

काठमाण्डु, १६ कात्तिक– प्रहरीले काठमाण्डुको बौद्धस्थित सन्दुक बचत तथा ऋण सहकारीकी अध्यक्ष भीम कुमारी तामाङलाई नियन्त्रणमा लिएको छ । अध्यक्ष तामाङलाई सहकारीको निक्षेप अपचलन गरेको आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिएका छन । ३६ वर्षीया भीम कुमारीलाई प्रहरी...

रौतहटमा जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

२०८१ कार्तिक १६ गते १५:३२

रौतहट, १६ कात्तिक– रौतहटमा जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा फतुवा विजयपुर–११ बुट्वा राङिका वर्ष ७० कि पातली तामाङ रहेकी छन । फतुवा विजयपुर–११ बुट्वा राङि गाउँमा आज बिहान आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा तामाङको मृत्यु भएको हो ।...

दीपावली गर्न बालिएको बत्तीबाट काठमाण्डुको एक पसलमा आगलागी

२०८१ कार्तिक १६ गते १५:२१

काठमाण्डु, १६ कात्तिक– काठमाण्डु महानगरपालिका–८ स्थित राममन्दिर क्षेत्रमा रहेको एक पसलमा गएराति आगलागी भएको छ । सौभाग्यविक्रम शाहको घरमा सञ्चालन गरिएको चटपटे र किराना पसलमा आगलआगी भएको काठमाण्डु प्रहरीले जानकारी दिएको छ । आगलागीबाट चार लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरी वृत्त गौशालाले...

गोकर्ण सहकारीमा बचतकर्ताको साढे २ करोड अपचलन

२०८१ कार्तिक १६ गते १५:१४

काठमाण्डु, १६ कात्तिक– काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा रहेको गोकर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा बचतकर्ताको साढे २ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको पाइएको छ । प्रहरी वृत्त बौद्धले उक्त सहकारीका अध्यक्ष ३७ वर्षीय रोशनबाबु श्रेष्ठलाई पक्राउ गरेको थियो । श्रेष्ठमाथि अनुसन्धान गर्दा...

निर्वाचन आयोगले दिएको निर्देशन पश्चात् सात राजनीतिक दलले गरे नाम परिवर्तन

२०८१ कार्तिक १६ गते १४:५२

काठमाण्डु, १६ कात्तिक– निर्वाचन आयोगले दिएको निर्देशन पश्चात् ७ वटा राजनीतिक दलले नाम परिर्वतन गरेका छन । निर्वाचन आयोगले गत २२ असोजमा राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको १८ औँ वार्षिक प्रतिवेदनमा उक्त विषय उल्लेख गरीएको छ । ०८० ३ फागुनमा बसेको आयोगको बैठकले १९ वटा...

तिहारमा बढ्यो माछाको मूल्य

२०८१ कार्तिक १६ गते १४:३७

काठमाण्डु, १६ कात्तिक– नेपालीहरुको महान पर्व तिहारमा माछाको मूल्य वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूची अनुसार २ देखि ७ प्रतिशतसम्म माछाको मूल्य वृद्धि भएको छ । गएको १ कार्तिक मा ताजा रहु माछाको मूल्य प्रतिकिलो ३४२ रुपैयाँ...

कुलमान भन्छन्ः यसरी लक्ष्मीपूजाका दिन पनि बिजली भारत निर्यात गर्न सक्यौं

२०८१ कार्तिक १६ गते १४:१३

काठमाण्डू, १६ कात्तिक- यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमाण्ड) एक हजार छ सय दुई मेगावाट बराबर रहेको छ । लक्ष्मीपूजाको दिन बिहीबार साँझ ६:२५ बजे उक्त पिक डिमाण्ड रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत वर्षको २६ कात्तिकमा...

आज तिहारको कुनै पर्व छैनः पञ्चाङ्ग निर्णायक समिति

२०८१ कार्तिक १६ गते १३:४१

काठमाण्डु, १६ कात्तिक – नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औंसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका...

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८१ कार्तिक १६ गते १३:३४

पाल्पा, १६ कात्तिक- पाल्पामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  फेदीबाट खहरेतर्फ जाँदै गरेको लु२ख१४५ नम्बरको ट्रकले बिहीबार राति करिब साढे ९ बजेतिर ठक्कर दिंदा माथागढी गाउँपालिका–२ फेदीका ५३ वर्षीय टेकबहादुर ढेगाको मृत्यु भएको पाल्पाका प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिए । ठक्करबाट घाइते...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us