चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छः गृहमन्त्री लेखक

काठमाण्डु टुडे २०८१ कार्तिक १६ गते १६:५६ मा प्रकाशित

काठमाण्डु, १६ कात्तिक– गृहमन्त्री रमेश लेखक चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व रहेको बताएका छन ।

आज (शुक्रबार) दिउँसो पर्वत चन्द्रागिरि समाजद्वारा दिपावली, नेपाल सम्मत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा गृहमन्त्री लेखकले यस्तो बताएका हुन ।

चाड पर्वले परिवार र समाजलाई जोड्ने काम गरेको उनले बताएका छन । गृहमन्त्री लेखकले भने, ‘मान्छेले बसाइँसराइ गर्ने भएकाले कामका कारण मान्छेहरु टाढा टाढा हुनुपर्छ ।

चाडपर्व नमनाए परिवारमा दुरी बढ्ने र आफ्नै नातागोतामा नै चिनजान नहुने स्थिति बन्थ्यो। चाड पर्वले मान्छेलाई नजिक ल्याउँछ । यसको समाजिकसँगै मानवीय पनि महत्त्व छ ।’

एउटा परिस्कृत समाज निर्माणका लागि जरुरी भन्दै चाडपर्वको अवसरमा जमघट र भेलाहरुमा उपस्थित हुने कुराको आफैँमा ठूलो महत्त्व रहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us