रौतहटमा जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

काठमाण्डु टुडे २०८१ कार्तिक १६ गते १५:३२ मा प्रकाशित

रौतहट, १६ कात्तिक– रौतहटमा जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा फतुवा विजयपुर–११ बुट्वा राङिका वर्ष ७० कि पातली तामाङ रहेकी छन ।

फतुवा विजयपुर–११ बुट्वा राङि गाउँमा आज बिहान आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा तामाङको मृत्यु भएको हो । हात्तीले मृतकको घरमा पूर्ण रूपमा क्षति पुर्याएको छ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर इन्द्रमणि अधिकारीले घटनाको पुष्टि गरेका छन्। जङ्गली हात्तीले एक्कासि घर माथि आक्रमण गर्दा मृतकको श्रीमान् भागेर ज्यान बचाएका थिए ।

हात्तीले एउटा अर्को घरमा पनि क्षति पुर्याएको इन्स्पेक्टर अधिकारीले जानकारी दिएका छन । हाल नेपाल प्रहरी, डिवीजन वन कार्यालय चन्द्रिगाहपुर र सशस्त्र बेस क्याम्प विजयपुरको टोली घटनास्थल पुगेको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकरी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us