काठमाण्डु, १६ कात्तिक– काठमाण्डु महानगरपालिका–८ स्थित राममन्दिर क्षेत्रमा रहेको एक पसलमा गएराति आगलागी भएको छ । सौभाग्यविक्रम शाहको घरमा सञ्चालन गरिएको चटपटे र किराना पसलमा आगलआगी भएको काठमाण्डु प्रहरीले जानकारी दिएको छ ।
आगलागीबाट चार लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरी वृत्त गौशालाले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । रामहिटीको दमकल प्रयोग गरी राति नै आगो नियन्त्रणमा लिइएको थियो ।
दीपावली गर्न बालिएको बत्तीबाट आगलागी भएको प्रारम्भिक अनुमान गरीएको छ । नेपालीको दोस्रो चाड तिहारको तेस्रो दिन बिहीबार लक्ष्मी पूजा परेकाले मानिसहरुले घर, पसल र कार्यालयहरू झिलिमिली पारेका थिए । यसैक्रममा असावधानीबस आगलागी पनि हुने गरेको छ ।