अर्घाखाची, १९ कात्तिक– अर्घाखाँचीको भूमिकास्थान नगरपालिका भूमिकास्थान नगरपालिका–५ र ६ को सिमाना जयठाँटीमा सोमबार साँझ बस दुर्घटना भएको छ । दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ । ना३ख २४७१ नम्बरको बस ब्रेक फेल भएर पल्टिएको प्रहरीले जनाएको छ...
रसुवा, १९ कात्तिक– रसुवास्थित लाङटाङ हिमालमा हराइरहेका एक विदेशी पर्यटक पाँच दिनपछि भेटिएका छन् । स्लोभाकियन नागरिक ३४ वर्षीय ओनरेज हुसर्के सोमबार गोसाईंकुण्ड गाउँपालिका–३ मा भेटिएका हुन् । यद्यपि स्थित ३० मिटरभन्दा बढी गहिरो खोँचमा हुसर्के भेटिएका हुन् । धेरै गहिराइमा रहेकाले उनलाई उद्धार...
रामेछाप, १९ कात्तिक– रामेछापको मन्थली नगरपालिका–१ का ३० वर्षीय वीरबहादुर भुजेल तामाकोशी नदीमा बेपत्ता भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भुजेल शुक्रबार रातिदेखि बेपत्ता छन्। प्रहरीले तामाकोशी नदीमा उनको खोजी गरिरहेको छ । भुजेललाई बेपत्ता पारेको अभियोगमा मन्थली–१ का २७ वर्षीय...
हुम्ला, १९ कात्तिक– हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरू भएको छ। मौसम सफा भए पनि लक्ष्मी पूजाको दिनदेखि हवाई उडान हुन सकेको थिएन । नेपालगञ्जदेखि उडान भर्दै आएका निजी र सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको उडान तालिका नभएका कारण सोमबार मात्रै...
काठमाण्डु, १९ कात्तिक– नेपाली कांग्रेसका युवा नेताको संयोजनमा १० बुँदे एजेण्डासहित मेची–महाकाली ‘युवा संकल्प यात्रा’ सञ्चालन गरिने भएको छ। यात्राबाट युवालाई लोकतन्त्र, विधिको शासन, युवा हकहित र जनअधिकारका पक्षमा ऐक्यबद्धता जनाउँदै समृद्ध नेपाल निर्माणमा उद्यमशील बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। सोमबार काठमाण्डु आयोजित...
काठमाण्डु, १९ कात्तिक– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दिगो विकासका लक्ष्य निर्धारण गर्नुपर्ने बताएकी छन् । नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा भएको देश भएकाले दिगो विकासको लक्ष्य लिएर अगाडि बढ्नुपर्ने बताइन् । अहिलेको पुस्ताले १०० वर्ष पछिसम्म थेग्ने निर्माण कार्य गर्नुपर्ने भएपनि अहिलेको निर्माण कार्य तदर्थवादमा...
काठमाण्डु, १९ कात्तिक– प्रहरीले काठमाण्डुको बौद्धबाट ६ लाखभन्दा बढी नगदसहित २० जुवाडे पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–६ बौद्ध रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट छ लाख ६९ हजार आठ सय १० रुपैयाँ र खेलमा...
काठमाण्डु, १९ कात्तिक– वैदेशिक रोजगार ठगी मुद्धाका फरार प्रतिवादी सिन्धुपाल्चोक मान्खाकी बिनु शाक्य कम्बोडियामा पक्राउ परेकी छन् । शाक्यलाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड कर्नर नोटिस जारी गरेर पक्राउ गरी आइतबार नेपाल ल्याएको हो । शाक्यमाथि सिंगापुर पठाइदिने भन्दै ४० भन्दा...
काठमाण्डु, १९ कात्तिक– अमेरिकाले सन् २०२६ का लागि डाइभर्सिटी भिसा (डिभी) का लागि आवेदन दिने समय दुई दिन थप गरेको छ । काठमाण्डुस्थित अमेरिकी दूतावासले डिभी भर्ने समय ७ नोभेम्बरसम्मका लागि थप गरिएको जानकारी दिएको छ । यसअघि ५ नोभेम्बरसम्म डिभी भर्ने समय तोकिएको...
काठमाण्डु, १९ कात्तिक– देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा...
काठमाण्डु, १९ कात्तिक–प्रतिकूल मौसमका कारण देशभर हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाण्डुबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान...
काठमाण्डु, १९ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखराबाट बुटवल लैजाने तयारी गरेको छ । लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले गत २ कात्तिकमा संगठित अपराध र सहकारी ठगी कसुरमा अनुसन्धानका लागि पक्राउ गरी सोही राति काठमाण्डुबाट पोखरा लगेको थियो ।...