काठमाण्डु, २० कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित चार जनालाई प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ । सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका लामिछाने, छविलाल जोशीसहित...
पोखरा, २० कात्तिक– सहकारी ठगी र संगठित अपराध कसुर छानबिनका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई तेश्रोपटक आज फेरि म्याद थपका लागि अदालतमा उपस्थित गराइँदैछ । २ कात्तिकमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेका...
जनकपुर, २० कात्तिक– आस्थाको पर्व छठका लागि जनकपुरधामका पोखरीहरूलाई आकर्षक रूपमा सजाइएको छ । जनकपुरधामलगायत मधेशमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्व सुरु भएको छ । अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलमा पारिवारिक सुख, समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्व सुरु हुन्छ ।...
सर्लाही, २० कात्तिक– सर्लाहीमा पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालिएको छ । बयलबासबाट महोत्तरीको गौशालातर्फ जाँदै गरेको लु२च ६७५८ नम्बरको कार मंगलबार बिहान ईश्वरपुर नगरपालिका–२ मियाखोर स्थित सडक छेउको पोखरीमा डुबेको थियो । कार चालक गौशाला नगरपालिका–१० का ३७ वर्षीय सुरेश महतो र...
सर्लाही, २० कात्तिक- सर्लाहीको ईश्वरपुर नगरपालिका-२ मियाँखोरमा कार पेखरीमा डुबेको छ । बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार मंगलबार बिहान अनियन्त्रित भई सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा डुबेको प्रहरीले जनाएको छ । कारमा सवार गौशाला नगरपालिका-१० का अन्दाजी...
एजेन्सी- पूर्वी इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । फ्लोरेसको पर्यटकीय टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी-लाकीमा सोमबार ज्वालामुखी विस्फोट भएको अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्रास्ट्रिय संचार माध्यमले जनाएका छन् । एक हजार ७०३ मिटरको दुइटा ज्वालामुखी विस्फोट भएको समाचार एजेन्सीहरुले बताएका...
सप्तरी, २० कात्तिक- जिल्लाको कञ्चनरुप नगरपालिका–४ स्थित त्रियुगा नदीमा डुबेर आज दुई बालिकाको मृत्यु र एकजना बेपत्ता भएका छन् । स्थानीय श्रवण महतोकी नौ वर्षीया छोरी प्रतिभा महतो र सुरेश सदाकी आठ वर्षीया छोरी जितनी सदाको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...
म्याग्दी, १९ कात्तिक- म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज साँझदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभीरमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी राजकुमार...
अर्घाखाँची, १९ कात्तिक- अर्घाखाँचीको भूमिकास्थान नगरपालिका भूमिकास्थान नगरपालिका–५ र ६ को सिमाना जयठाँटीमा देउसीभैलो खेलीरहेको समूहलाई सोमबार साँझ बसले किचेको छ । बसको ब्रेक फेल भएर देउसी खेलीरहेकाहरुलाई किच्दा दुई महिलाको ज्यान गएको छ । मृतकमध्ये २२ वर्षीया तारा श्रेष्ठको मात्र सनाखत भएको छ...
बझाङ, १९ कात्तिक– बझाङमा अरिंगालको टोकाइबाट दिदीभाइको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा जिल्लाको थलारा गाउँपालिका–२ डोरगाउँका ३ वर्षीय सुरबिर खाती र ५ वर्षीया सिया खाती छन् । शनिबार दिउँसो घर नजिकै घाँस काट्ने क्रममा उनीहरुलाई अरिंगालले चिलेको बझाङ प्रहरी प्रमुख डिएसपी...
काठमाण्डु, १९ कात्तिक– विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन पैदलयात्रु छन् । सुनसरी, सप्तरी, बर्दिया, कैलाली, नवलपरासीलगायत जिल्लामा सवारी दुर्घटनाबाट उनीहरुले ज्यान गुमाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बर्दियाको मधुवन नगरपालिका–३ खातास्थित...
अर्घाखाची, १९ कात्तिक– अर्घाखाँचीको भूमिकास्थान नगरपालिका भूमिकास्थान नगरपालिका–५ र ६ को सिमाना जयठाँटीमा सोमबार साँझ बस दुर्घटना भएको छ । दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ । ना३ख २४७१ नम्बरको बस ब्रेक फेल भएर पल्टिएको प्रहरीले जनाएको छ...