इन्डोनेसियामा ज्वालामुखी विस्फोट, कम्तिमा १० को मृत्यु

काठमाण्डु टुडे २०८१ कार्तिक २० गते २:०९ मा प्रकाशित

एजेन्सी- पूर्वी इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

फ्लोरेसको  पर्यटकीय टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी-लाकीमा सोमबार ज्वालामुखी विस्फोट भएको अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्रास्ट्रिय संचार माध्यमले जनाएका छन् ।

एक हजार ७०३ मिटरको दुइटा ज्वालामुखी विस्फोट भएको समाचार एजेन्सीहरुले बताएका छन् ।

प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । ज्वालामुखीपछि जलिरहेको चट्टान बस्तीमा आएपछि सर्वसाधारण त्रसित भएका छन् ।

इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सी (बिएनपिबी) का प्रवक्ता अब्दुल मुहारीले पत्रकार सम्मेलन गरी १० जनाको शव प्राप्त भएको पुस्टि गरे ।

ज्वालामुखी विस्फोटबाट १० हजार बढी मानिस प्रभावित भएको बताइएको छ ।

ज्वालामुखी विस्फोट भएको क्षेत्र नजिकका पाँचवटा गाउँ खाली गरिएका छन् । हजारौं मानिस घर छाडेर अन्यत्रै गएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us