अनियन्त्रित भएर पोखरीमा डुबेको कारबाट निकालियो दुई जनाको शव

काठमाण्डु टुडे २०८१ कार्तिक २० गते ९:२५ मा प्रकाशित

सर्लाही, २० कात्तिक– सर्लाहीमा पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालिएको छ ।

बयलबासबाट महोत्तरीको गौशालातर्फ जाँदै गरेको लु२च ६७५८ नम्बरको कार मंगलबार बिहान ईश्वरपुर नगरपालिका–२ मियाखोर स्थित सडक छेउको पोखरीमा डुबेको थियो ।

कार चालक गौशाला नगरपालिका–१० का ३७ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर मृत फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।

कारमा सवार तीनमध्ये गौशाला नगरपालिका–२ का ३१ वर्षीय जनक यादवले पौडिएर ज्यान जोगाएका थिए ।

पोखरीमा बेपत्ता भएका महतो र ठाकुरको खोजीका लागि बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर–२ छिन्नमस्ताबाट गएको गोताखोर

टोली सुरक्षा बेस सागरनाथ र इलाका प्रहरी केशरजंगबाट गएका सुरक्षाकर्मीले शव पोखरीबाट निकालेका थिए ।

पोखरीमा डुबेको कार बाहिर निकाल्ने प्रयास भइरहेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us