देउसी खेलिरहेको समूहलाई बसले किच्यो, दुई महिलाको मृत्यु

काठमाण्डु टुडे २०८१ कार्तिक १९ गते २०:३१ मा प्रकाशित

अर्घाखाँची, १९ कात्तिक- अर्घाखाँचीको भूमिकास्थान नगरपालिका भूमिकास्थान नगरपालिका–५ र ६ को सिमाना जयठाँटीमा देउसीभैलो खेलीरहेको समूहलाई सोमबार साँझ बसले किचेको छ ।

बसको ब्रेक फेल भएर देउसी खेलीरहेकाहरुलाई किच्दा दुई महिलाको ज्यान गएको छ । मृतकमध्ये २२ वर्षीया तारा श्रेष्ठको मात्र सनाखत भएको छ ।

ना३ख २४७१ नम्बरको बस ब्रेक फेल भएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा उनीहरु गीत गाएर नाच्दै थिए । दुर्घटनामा अरु ३० जना बढी घाइते भएका अर्घाखाँची प्रहरी प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए ।

मल्लका अनुसार घाइतेको अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको छ । प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us