गोसाइँकुण्डमा ३० मिटर गहिरो खोचमा फसे पर्यटक

काठमाण्डु टुडे २०८१ कार्तिक १९ गते १८:४४ मा प्रकाशित

रसुवा, १९ कात्तिक– रसुवास्थित लाङटाङ हिमालमा हराइरहेका एक विदेशी पर्यटक पाँच दिनपछि भेटिएका छन् ।

स्लोभाकियन नागरिक ३४ वर्षीय ओनरेज हुसर्के सोमबार गोसाईंकुण्ड गाउँपालिका–३ मा भेटिएका हुन् । यद्यपि स्थित ३० मिटरभन्दा बढी गहिरो खोँचमा हुसर्के भेटिएका हुन् ।

धेरै गहिराइमा रहेकाले उनलाई उद्धार गर्न कठिन रहेको प्रहरीले जनाएको छ ।

रसुवा प्रहरी प्रमुख डिएसपी केशव भट्टराईले खराब मौसमका भएका कारण सोमबार हवाई उद्धारका लागि गरिएको प्रयास सफल हुन नसकेको बताए ।

मौसम खराबीका कारण उक्त क्षेत्रमा हेलिकोप्टर जान सक्ने अवस्था नरहेको भट्टराईको भनाइ थियो ।
मौसम खुलेलगत्तै विशेषज्ञसहितको टोली परिचालन गरेर उनको उद्धार गर्ने तयारी भएको भट्टराईले बताए ।

उनीसँगै बेपत्ता भएका चेक रिपब्लिकका ५० वर्षीय मारेक होलेसेक्का भने केही दिनअघि आफैं सम्पर्कमा आएका थिए भने जर्मन नागरिक ४३ वर्षीया रोवर्ड जर्ज न्यू वरलालाई उद्धार टोलीले उद्धार गरेको थियो ।

मारेक र रोवर्ड दुवैको काठमाण्डुमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us