काठमाण्डु, १४ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनको नतिजा मतदान सकिएको दुई दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । दुई दिनभित्र सबै स्थानीय तहको नतिजा सार्वजनिक गर्नेगरी आयोगले आफ्नो काम गरेको निर्वाचन आयागका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिएका छन...
काठमाण्डु, १४ मंसिर– मकवमनपुरमा अटोले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६, चौघडाबजारस्थित कान्तिलोकपथमा आज बिहान अटोले ठक्कर दिँदा स्थानीय शान्तिटोल बस्ने ६८ वर्षीय जनक राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी...
काठमाण्डु, १४ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रि स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुमा बयान जारी छ । हिजो बिहीबार पोखराबाट काठमाण्डु ल्याएका लामिछानेको शुक्रवार बिहानबाट बयान सुरु भएको हो । सरकारी...
काठमाण्डु, १४ मंसिर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान सुरू भएको छ । जिल्ला सरकारी वकिल कार्यालयमा बिहान १० बजेदेखि लामिछानेसँग बयान सुरू गरिएको उक्त कार्यालयका सूचना अधिकारी चन्द्रप्रसाद सञ्जेलले बताए । उनका अनुसार जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल र अनुसन्धान अधिकृतहरूले लामिछानेसँग...
काठमाण्डु, १४ मंसिर- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । कुनै नीतिगत परिवर्तन नगरी केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो । राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशालाई दिइएको निरन्तरताबाट मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै...
काठमाण्डु, १४ मंसिर–काँग्रेस उपसभापति धनराज गुरुङ संलग्न भनिएको सहकारी ठगी प्रकरण छानबिनमा संलग्न एक प्रहरी अधिकृतको हठात सरुवा भएको छ । गुरुङको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले छानबिन गरिरहेको छ । सिआईबीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमाललाई सरुवा गरिएको हो । हमाल...
काठमाण्डु, १४ मंसिर–प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवंगत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ मेला आज मनाइँदै छ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड सुरू भएको छ । त्रयोदशीको दिउँसोदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती...
काठमाण्डु, १४ मंसिर– नेपाल प्रहरीको स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका चार प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) माबढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको बिहीबारको बैठकले प्राविधिक प्रहरी समूह स्वास्थ्य उपसमूह चिकित्सकतर्फका एसपीहरूलाई सोही समूहतर्फको एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा...
काठमाण्डु, १३ मंसिर– मेडिकल व्यवसायी दुर्गा प्रसाईँ अस्पतालमा भर्ना भएका छन् । प्रसाईंलाई बिहीबार ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा भर्ना गरिएको हो । सर्वोच्च अदालतले प्रसाईंको क्यान्सर उपचार गराउन अनुसन्धान निकायका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको...
काठमाण्डु, १३ मंसिर– एमाले महासचिव शङ्कर पोखरेलले जनताबाट पराजितहरुको शासन अन्त्य नभएसम्म मुलुक नबन्ने जिकिर गरेका छन् । कीर्तिपुरमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले मुलुक बन्न नसक्नुको प्रमुख कारण राजनीतिक अस्थिरता भएको बताए । भारतमा राजनीतिक स्थिरताका कारण तीव्र विकास भएको र...
काठमाण्डु, १३ मंसिर– मन्त्रिपरिषदको बिहीबारको बैठकले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण स्वकिृत गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो । ओलीले आगामी १७ देखि २० मंसिरसम्म चीन भ्रमण गर्दैछन् । मन्त्रिपरिषदले ओलीको चीन भ्रमणमा ८७ सदस्यीय जम्बो...
काठमाण्डु, १३ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखराबाट काठमाण्डु ल्याउने क्रममा कार्यकर्ताले विमानस्थलमा नाराबाजी गरेका छन् । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बिहीबार साँझ बुद्ध एयरको जहाजमार्फत काठमाण्डु ल्याइएको थियो । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनका विषयमा बयान लिन उनलाई काठमाण्डु...