भित्र रविको बयान, बाहिर निकिताको प्रतीक्षा

काठमाण्डु टुडे २०८१ मंसिर १४ गते १२:२४ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रि स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुमा बयान जारी छ ।

हिजो बिहीबार पोखराबाट काठमाण्डु ल्याएका लामिछानेको शुक्रवार बिहानबाट बयान सुरु भएको हो । सरकारी वकिलको कार्यालयमा सभापति लामिछानेको बयान जारी रहँदा लामिछाने पत्नी निकिता पौडेल पनि सरकारी वकिलको कार्यालय परिसरमा पुगेकी छन् ।

कात्तिक २ गते पक्राउपछि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई बिहीबार बेलुका बयानका लागि काठमाण्डु ल्याइएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us