दुर्गा प्रसाईं क्यान्सरको उपचार गर्न अस्पताल भर्ना

काठमाण्डु टुडे २०८१ मंसिर १३ गते २०:११ मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– मेडिकल व्यवसायी दुर्गा प्रसाईँ अस्पतालमा भर्ना भएका छन् ।
प्रसाईंलाई बिहीबार ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा भर्ना गरिएको हो ।

सर्वोच्च अदालतले प्रसाईंको क्यान्सर उपचार गराउन अनुसन्धान निकायका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो ।
प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले बुधबार क्यान्सर रोगको भने उपचार गराउन आदेश दिएको थियो । ‘निवेदकले यस अदालतमा जीवन रक्षाका लागि स्वास्थ्य उपचारका व्यवस्था गरिपाऊँ भनी निवेदनसमेत दिएको हुँदा क्यान्सरजस्तो संवेदनशील रोगको गाम्भीर्यता समेत विचार गरी निवेदकको स्वास्थ्य उपचारको उपयुक्त प्रबन्ध गर्नू’, आदेशमा भनिएको छ ।
प्रधानमन्त्री केपी ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा ३२ अर्बभन्दा बढी लगानी गरेको आरोप लगाएपछि उनलाई प्रहरीको साइबर ब्युरोले गत ४ मंसिरमा भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us