सरकारी वकिल कार्यालयमा रवि लामिछानेको बयान जारी

काठमाण्डु टुडे २०८१ मंसिर १४ गते ११:१६ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति  रवि लामिछानेको बयान सुरू भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयमा बिहान १० बजेदेखि लामिछानेसँग बयान सुरू गरिएको उक्त कार्यालयका सूचना अधिकारी चन्द्रप्रसाद सञ्जेलले बताए ।

उनका अनुसार जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल र अनुसन्धान अधिकृतहरूले लामिछानेसँग बयान लिइरहेका छन् ।

कालामाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन कसुरमा जिल्ला अदालतले पक्राउ अनुमति दिएपछि  कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बिहीबार काठमाण्डू ल्याइएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनको आरोपमा गत २ कात्तिकमा उनलाई काठमाण्डूबाट पक्राउ गरी पोखरा लगिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us