समाचार

लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन: बर्षमान पुन

२०८१ पुष १ गते १५:५७

काठमाण्डु, १ पुस– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताएका छन । आज (सोमबार) माओवादी केन्द्रले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन । उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनतालाई...

बालेन र सुनिताले पीएल सिंहलाई दिए श्रद्धाञ्जली

२०८१ पुष १ गते १५:३६

काठमाण्डु, १ पुस– काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाका पूर्वप्रमुख पीएल सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन । आज (सोमबार) बिहान चाक्सीबारी पुगेर पुष्पगुच्छा अर्पण गर्दै उनीहरूले पूर्व प्रमुख सिंहको पार्थिक शरीरमा श्रद्धाञ्जली अर्पण गरेका हुन् । सिंहको आज...

जहाज अवतरण गर्ने बेला धावनमार्गमा कुकुर दौडिएपछि…

२०८१ पुष १ गते १५:२९

काठमाण्डु, १ पुस– काठमाण्डुबाट सुर्खेत उडेको आन्तरिक वायुसेवा कम्पनी श्री एयरलाइन्सको एउटा जहाज अवतरण गर्ने बेला सुर्खेत विमानस्थल धावनमार्गमा कुकुर दौडिएपछि अवतरणमा अवरोध सिर्जना भएको छ । श्री एयरलाइन्सको ‘(एन–एओके’ दर्ता नम्बर रहेको ८० सिट क्षमतायुक्त ‘ड्यास ८ क्यु४०)’ सिरिजको जहाज सोमबार दिउँसो १...

अछाममा आफैंमाथि गोली चलाउने असईलाई बर्खास्त गर्न सिफारिस

२०८१ पुष १ गते १५:०६

काठमाण्डु, १ पुस– अछाममा आफैंमाथि गोली चलाउने प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दलाई संगठनबाट बर्खास्त गर्न सिफारिस गरीएको छ । घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले गठन गरेको प्रहरी उपरीक्षक (एसपी) बिनोद शर्मा नेतृत्वको समितिले चन्दलाई बर्खास्त गर्न सिफारिस गरीएको स्रोतले जानकारी...

शोभा पाठक प्रहरी नियन्त्रणमा

२०८१ पुष १ गते १४:५८

काठमाण्डु, १ पुस– प्रहरीले धादिङकी शोभा पाठकलाई नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो काठमाण्डु जिल्ला अदालत परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेकपा एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका नेता महेश बस्नेतले आफूविरुद्ध षड्यन्त्र गर्न खोजेपछि आफैंले प्रहरीसमक्ष गिरफ्तारी दिएको पाठकले बताएकी छिन् । यसअघि...

सभामुख भएपछि पत्रकारिताप्रतिको धारणा बदलियो: सभामुख घिमिरे

२०८१ पुष १ गते १४:३४

काठमाण्डु, १ पुस– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सभामुख भएपछि पत्रकारलाई हेर्ने आफ्नो धारणा बदलिएको बताएका छन । आज सोमबार काठमाण्डुमा ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’ नामक पुस्तक विमोचन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन । सभामुख घिमिरेले भने, ‘जतिबेला म यो जिम्मेवारीमा आएँ...

पीएल सिंहको शोकमा तीन दिन आधा झण्डा झुकाउने कांग्रेसको निर्णय

२०८१ पुष १ गते १४:२५

काठमाण्डु, १ पुस– नेपाली कांग्रेसले काठमाण्डुका पूर्वमेयर पीएल सिंहको शोकमा तीन दिनसम्म देशभरका पार्टी कार्यालयहरूमा तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ । आज सोमबार   बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले शोक प्रस्ताव पारित गर्दै पुस १, २ र ३ गते केन्द्र, प्रदेश र...

१ सय २३ किलो ३ सय ९० ग्राम गाँजासहित एक जना पक्राउ

२०८१ पुष १ गते १४:१५

काठमाण्डु, १ पुस– प्रहरीले सुनसरीबाट गाँजासहित १ जनालाई पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–१७ बाट १ सय २३ किलो ३ सय ९० ग्राम गाँजासहित धरान उपमहानगरपालिका–१७ बस्ने ३१ वर्षीय धन बहादुर भण्डारी लाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । भण्डारीलाई प्रदेश १–०२–००२...

डीआईजी अर्जुन चन्द अवकाशमा, ३ डीआईजी पद रिक्त

२०८१ पुष १ गते १४:०६

काठमाण्डु, १ पुस– नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक ( डीआईजी) अर्जुन चन्द अवकाशमा गएका छन् । डीआईजीको ५६ वर्षे उमेर हद पुरा गरेर उनी मङ्सिर ३० बाट अवकाश भएका हुन । उनी आईजीपी वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा सेवामा प्रवेश गरेका थिए...

प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन

२०८१ पुष १ गते १३:५६

काठमाण्डु, १ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई प्रहरीले बुझाएको छ । जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी वसन्त शर्माले सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा...

चन्द्रागिरिमा मोटरसाइकल सडकबाट खस्यो, एक जनाको मृत्यु

२०८१ पुष १ गते १३:३४

काठमाण्डु, १ पुस– काठमाण्डुको चन्द्रागिरि नगरपालिका–२ मसिनेस्थित सडकबाट करिब ७० मिटर तल मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । बा ३३ प ३६८ नम्बरको मोटरसाइकल सडकबाट खस्दा मोटरसाइक चालक धादिङको धुनिबेशी नगरपालिका–७ घर भएका २६ वर्षीय टिकाराम तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको...

प्रधानमन्त्री ओलीलाई वामदेव चुनौतीः मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनोस्

२०८१ पुष १ गते १३:१०

काठमाण्डु, १ पुस– राष्ट्रिय सभा सदस्य वामदेव गौतमले विषयलाई तोडमोड गरेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बदनाम गर्ने कोसिस गरेको दाबी गरेका छन । ओलीका स्वकीय सचिव राजेश शाक्यको फोनमा भएको संवादलाई ओलीले प्रचारको विषय बनाएर प्रधानमन्त्री ओलीले आफ्नो बदनाम गर्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us