डीआईजी अर्जुन चन्द अवकाशमा, ३ डीआईजी पद रिक्त

काठमाण्डु टुडे २०८१ पुष १ गते १४:०६ मा प्रकाशित

काठमाण्डु, १ पुस– नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक ( डीआईजी) अर्जुन चन्द अवकाशमा गएका छन् । डीआईजीको ५६ वर्षे उमेर हद पुरा गरेर उनी मङ्सिर ३० बाट अवकाश भएका हुन ।

उनी आईजीपी वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा सेवामा प्रवेश गरेका थिए । चन्दको अवकाशसँगै प्रहरीमा डीआईजीको ३ वटा दरबन्दी रिक्त भएको छ ।

डीआईजीद्वय दुर्गा सिंह र भरत बहादुर बोहरा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् । मङ्सिर २८ मा बढुवा समितिले उनीहरूले एआईजीमा बढुवा गर्न सिफारिस गरेसँगै प्रहरीमा डीआईजीको ३ पद रिक्त भएको हो ।

मन्त्रिपरिषद्‍बाट सिंह र बोहराको बढुवा नियुक्तिबारे निर्णय हुनुअघि नै ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न मिल्ने प्रहरी अधिकृतहरूले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us