काठमाण्डु, १ पुस– काठमाण्डुको चन्द्रागिरि नगरपालिका–२ मसिनेस्थित सडकबाट करिब ७० मिटर तल मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।
बा ३३ प ३६८ नम्बरको मोटरसाइकल सडकबाट खस्दा मोटरसाइक चालक धादिङको धुनिबेशी नगरपालिका–७ घर भएका २६ वर्षीय टिकाराम तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
आइतबार राति दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।