समाचार

सहकारी ठगीमा संलग्नहरू पानीमुनि गएपनि प्रतिवेदनले छाड्दैनः सूर्य थापा

२०८१ पुष २ गते १५:४३

काठमाण्डु, २ पुस– एमाले नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले सहकारी ठगी पक्ररणमा संलग्न र फरार व्यक्तिहरू जहाँसुकै भएपनि जोगिने अवस्था नरहेको बताएका छन । आज (मंगलबार) काठमाण्डुमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै संसदीय छानबिन समितिको सभापति समेत थापाले यस्तो बताएका हुन । उनले...

‘इन्टिलिजेन्ट ट्राफिक लाइट’को प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भनेः कल्पनै गर्न गाह्रो काम ललितपुरले गर्‍यो

२०८१ पुष २ गते १५:३५

काठमाण्डु, २ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरपालिकाले सोमबारबाट सञ्चालनमा ल्याएको ‘इन्टिलिजेन्ट ट्राफिक लाइट’ को प्रशंसा गरेका छन् । आज (मंगलबार) ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । ललितपुर महानगरका प्रमुख...

सांसद पत्नी कोइरालासहित २५ जनालाई अदालतमा उपस्थित हुन म्याद जारी

२०८१ पुष २ गते १५:२६

काठमाण्डु, २ पुस– सहकारी संस्था ठगी प्रकरणमा संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २५ जनालाई अदालतमा उपस्थित हुन म्याद जारी भएको छ । मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा उनीहरुलाई अदालतमा उपस्थित हुन म्याद...

भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छः प्रधानमन्त्री ओली

२०८१ पुष २ गते १५:१०

काठमाण्डु, २ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टहरूको मुख हेरेर नभइ अपराध हेरेर कारबाही हुने बताएका छन । आज (मंगलबार) ललितपुर महानगरको स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने, ‘ देशको...

जुवातास खेलेको आरोपमा १७ जना पक्राउ

२०८१ पुष २ गते १४:१४

काठमाण्डु, २ पुस– प्रहरीले डेढ लाख रुपैयाँसहित जुवातास खेलेको आरोपमा १७ जनालाई नियन्त्रणमा लिएको छ । काठमाण्डुको कागेश्‍वरी मनोहरा नगरपालिका–४ डाँछी नयाँगाउँस्थित खाली जग्गामा जुवा खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ डाँछी बस्ने ३३ वर्षीय हस्तबहादुर तामाङ समेत १७ जनालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ...

सडकमा पार्किङ गरी राखेको टिपरमा मोटरसाइकल ठोक्कीदाँ एक जनाको मृत्यु

२०८१ पुष २ गते १३:५१

काठमाण्डु, २ पुस– कास्कीमा सडकमा छेउमा पार्किङ गरी राखेको टिपरमा मोटरसाइकल ठोक्कीदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पोखरा महानगरपालिका–३३ बरपौवा बस्ने २८ वर्षीय अशोक लामिछाने रहेको कास्की प्रहरीले जानकारी दिएको छ । पोखरा महानगरपालिका–२६ सुन्दरीबजारस्थित सडकमा छेउमा पार्किङ गरी...

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

२०८१ पुष २ गते १३:३०

काठमाण्डु, २ पुस– जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । यसअघि, उनलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो...

रवि पत्नी निकिताको आरोप, ‘मिडियाले धर्म छाडेँ’

२०८१ पुष २ गते १३:०२

काठमाण्डु, २ पुस– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो विषयमा समाचार लेख्ने प्रति दया लागेर आउने बताएकी छन । श्रीमान् हिरासतमा भएको बेला आफूमाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मूकदर्शक बनेकोमा झनै...

साँझको समयमा औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने

२०८१ पुष २ गते १२:३७

काठमाण्डु, २ पुस– ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म अब बाट बढी विद्युत् माग हुने साँझको समयमा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने भएको छ । हिउँदयाम सुरुसँगै खोला तथा नदीहरुमा पानी घट्दा देशभित्रका नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाहरुको उत्पादन क्षमताभन्दा एक तिहाइ...

प्रचण्डको ब्रिफिङः उपनिर्वाचनको नतिजाले कांग्रेस–एमालेको जनमत ह्रासोन्मुख देखियो

२०८१ पुष २ गते १२:०७

काठमाण्डु, २ पुस– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएको १६ मंसिरमा भएको स्थानीय तह उपनिर्वाचनको नतिजाले कांग्रेस–एमालेको जनमत ह्रासोन्मुख देखिएको बताएका छन । मङ्सिर २८ गतेको स्थायी समिति बैठकको निर्णअनुसार पार्टीको मातहतको कमिटीमा पठाइएको सर्कुलरमा प्रचण्डको ब्रिफिङलाई उद्धृत गर्दै...

ट्रकमा च्यापिएर ट्रक चालकको मृत्यु

२०८१ पुष २ गते ११:४२

काठमाण्डु, २ पुस– इलाममा ट्रकमा च्यापिएर ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारापा बस्ने ३८ वर्षीय कुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । इलामको माङ्सेबुङ गाउँपालिका ३ सल्लेरीमा भएको तामाङको मृत्यु भएको...

दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगति: अर्थमन्त्री पौडेल

२०८१ पुष २ गते ११:२७

काठमाण्डु, २ पुस– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताएका छन । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us