सहकारी ठगीमा संलग्नहरू पानीमुनि गएपनि प्रतिवेदनले छाड्दैनः सूर्य थापा

काठमाण्डु टुडे २०८१ पुष २ गते १५:४३ मा प्रकाशित

काठमाण्डु, २ पुस– एमाले नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले सहकारी ठगी पक्ररणमा संलग्न र फरार व्यक्तिहरू जहाँसुकै भएपनि जोगिने अवस्था नरहेको बताएका छन ।

आज (मंगलबार) काठमाण्डुमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै संसदीय छानबिन समितिको सभापति समेत थापाले यस्तो बताएका हुन । उनले भने, ‘सहकारी ठगीमा संलग्न र फरार व्यक्तिहरू अब जहाँसुकै भएपनि जोगिने अवस्था छैन ।’

छानबिन प्रतिवेदनले सहकारी ठगीमा संलग्नहरुलाई प्रतिवेदनका आधारमा सरकारले कारबाहीको दायरामा ल्याउने पनि बताएका छन । एमाले सांसद थापाले भने, ‘पानीमुनि गएपनि छाड्दैन, आकाशमै गएपनि छोड्दैन ।

पाताल मुनि गएपनि छाड्दैन । यो एउटा राष्ट्रिय जागरण, जागृति र कर्तव्यबोधको अनुभूति प्रतिवेदनले गरेको छ ।’ थापाको नेतृत्वमा सहकारीको रकम हिनामिना र अपचलनबारे संसदीय छानबिन समिति बनेको थियो ।

त्यही प्रतिवेदनका आधारमा अहिले रास्वपा सभापति रवि लामिछाने, छविलाल जोशीलगायतलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ । उनले पाँचवटा पार्टीको सहमतिमा प्रतिवेदन बनेको भन्दै पछिल्लो समय प्रतिवेदन एक जना मानिसमा मात्र केन्द्रित भएको भनेर तुवाँलो छर्ने काम भइरहेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us