भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ पुष २ गते १५:१० मा प्रकाशित

काठमाण्डु, २ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टहरूको मुख हेरेर नभइ अपराध हेरेर कारबाही हुने बताएका छन ।

आज (मंगलबार) ललितपुर महानगरको स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने, ‘ देशको अवस्था सच्याउनुछ । सुधार गर्नुछ । देशलाई गरिबीबाट माथि उठाउनुछ ।

सुशासन दिनुछ । भ्रष्टाचार नियन्त्रण गर्नुछ, ‘भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ । देशमा सुशासन हुन्छ । जनतालाई दुःख दिन कर्मचारीहरूले पनि पाउँदैनन् ।

दिन हुँदैन ।’ प्रधानमन्त्री ओलीले जनप्रतिनिधि वा कर्मचारी जो भए पनि जनताको सेवामा तल्लिन हुनुपर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us