जुवातास खेलेको आरोपमा १७ जना पक्राउ

काठमाण्डु टुडे २०८१ पुष २ गते १४:१४ मा प्रकाशित

काठमाण्डु, २ पुस– प्रहरीले डेढ लाख रुपैयाँसहित जुवातास खेलेको आरोपमा १७ जनालाई नियन्त्रणमा लिएको छ । काठमाण्डुको कागेश्‍वरी मनोहरा नगरपालिका–४ डाँछी नयाँगाउँस्थित खाली जग्गामा जुवा खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ डाँछी बस्ने ३३ वर्षीय हस्तबहादुर तामाङ समेत १७ जनालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाण्डु र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६५ हजार ४ सय रूपैयाँ र १९ दाना ओखर सहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूविरुद्ध जुवातास खेल्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us