समाचार

स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ

२०८१ पुष ३ गते १२:२२

काठमाण्डु, ३ पुस– प्रहरीले काठमाण्डु महानगरपालिका–९ सिनामंगलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको ६८ लाख नगदसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाण्डु महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका–७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका–७...

रवि लामिछानेलाई चितवनबाट पोखरा लाँदा अभद्र व्यवहार भएको छैनः गृहमन्त्री

२०८१ पुष ३ गते १०:१७

रुपन्देही, ३ पुस– गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् । काँग्रेस निकट पत्रकारको संस्था प्रेस युनियनले बुधबार रुपन्देहीमा गरेको पत्रकार भेटघाटमा गहमन्त्री लेखकले सहकारीको बचत अपचलनमा संलग्न सयौं व्यक्ति जेलमा रहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति...

बालेनलाई ओलीको सटायरः ललितपुर महानगरले गरिबको टमाटर सडकमा फालेको देखेको छैन

२०८१ पुष २ गते २०:३८

ललितपुुर, २ पुस- प्रधानमन्त्री केपी ओलीले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) प्रति सटायर गर्दै ललितपुर महानरले गरिबका टमाटर सडकमा फालेको देख्नु नपरेको बताएका छन् । ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनप्रतिनिधिले जनताको हाकिम हुँ भन्ने...

गोर्खा मिडियाको कर्मचारी मात्र हुुँः लामिछाने

२०८१ पुष २ गते २०:०९

कास्की, २ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूविरुद्ध राजनीतिक पूर्वाग्रह साँधिएको बतएका छन् । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेले बयानका क्रममा आफू सहकारी ठगीमा संलग्न नरहेको बताए । प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा बुझाएको अनुसन्धान प्रतिवेदनमा लामिछानेले आफूमाथि सहकारी...

एमाले दाबीविपरीत अदालतद्वारा ऋषिकेश पोखरेल पत्नीविरुद्ध पक्राउ पुर्जी जारी

२०८१ पुष २ गते १९:५७

काठमाण्डु, २ पुस- संसद्को सावैजनिक लेखा सभापति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला का्इरालाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मोरङ जिल्ला अदालतले मंगलबार उनीसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा मुछिएकी कोइराला हाल फरार छिन्...

ट्रकमा मोटरसाइकल ठोक्कीदाँ मोटरसाइकल चालकको मृत्यु

२०८१ पुष २ गते १८:०४

काठमाण्डु, २ पुस– मोरङको सुनबर्षी नगरपालिका–९ मा ट्रकमा मोटरसाइकल ठोक्कीदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुनबर्षी नगरपालिका–९ बालुबारी बस्ने २५ वर्षीय स्वाचन ऋषिदेव रहेको प्रहरीले जानकारी दिएको छ । मोरङको सुनबर्षी नगरपालिका–९ भेरुवाथानस्थित सडकमा मे.४ प १८२३ नम्बरको मोटरसाइकल...

अख्तियार र भ्रष्टाचारसम्बन्धी विधेयक संसदीय उपसमितिबाट पारित

२०८१ पुष २ गते १७:३२

काठमाण्डु, २ पुस– अख्तियार र भ्रष्टाचारसम्बन्धी दुई वटा विधेयक संसदीय उपसमितिबाट पारित भएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले दुई वटै विधेयकमाथि छलफल गरेर प्रतिवेदन पेस गर्ने गरी कांग्रेसका सांसद हृदयराम थानीको नेतृत्वमा उपसमिति बनाएको थियो । उपसमितिले दुइटै विधेयकको...

एकीकृत समाजवादीले बनायो २४ सदस्यीय केन्द्रीय सचिवालय

२०८१ पुष २ गते १७:१७

काठमाण्डु, २ पुस– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । पार्टीको पछिल्लो पटक बसेको स्थायी समिति बैठकले २४ सदस्यीय सचिवालय गठन गरेको एकीकृत समाजवादीका उपाध्क्ष एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन । जसमा अध्यक्ष माधवकुमार नेपाल...

एकीकृत समाजवादीले बनायो संविधान संशोधन कार्यदल

२०८१ पुष २ गते १७:१२

काठमाण्डु, २ पुस– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले संविधान संशोधनका लागि सुझाव संकलनसहित प्रतिवेदन पेस गर्न प्रकाश ज्वालाको संयोजकत्वमा नयाँ कार्यदल गठन गरेको छ । स्थायी कमिटी बैठकले ज्वालाको संयोजकत्वमा कार्यदल गठन गरेको बैठकपछि उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिएका छन । कार्यदल सदस्यमा...

काठमाण्डु उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्छौँः मन्त्री यादव

२०८१ पुष २ गते १६:४८

काठमाण्डु, २ पुस– खानेपानीमन्त्री प्रदीप यादवले काठमाण्डु उपत्यकाभित्रको खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकार लागि परेको बताएका छन । आज मंगलबार काठमाण्डु उपत्यका खानेपानी लिमिटेडको अनुगमका क्रममा बोल्दै खानेपानीमन्त्री यादवले यस्तो बताएका हुन । उनले उपत्यकाको खानेपानीको समस्या समाधानका दीर्घकालीन योजना बनाएर सरकार...

सिमानामा हुने तस्करी रोक्न गृहमन्त्री लेखकको निर्देशन

२०८१ पुष २ गते १६:४४

काठमाण्डु, २ पुस– गृहमन्त्री रमेश लेखकले सिमानामा हुने तस्करी रोक्न निर्देशन दिएका छन । रुपन्देहीको भैरहवामा आयोजित लुम्बिनी प्रदेश स्तरीय गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन । उनले भने, ‘लुम्बिनी प्रदेशमा राजश्व चुहावट भइरहेको सुन्नमा आएको छ, सिमानामा हुने तस्करी तुरुन्त...

व्यवस्था र अवस्था दुवै बदलिएको छः प्रधानमन्त्री ओली

२०८१ पुष २ गते १५:५०

काठमाण्डु, २ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था र अवस्था दुवै बदलिएको दाबी गरेका छन । आज मंगलबार ललितपुर महानगर स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कतिपय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us